ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रात्रिकालीन मनोरञ्जन व्यवसायी संघद्वारा ‘सकम्बरी’ गीतको भर्त्स ना, भिडिओ हटाउन माग


ABC NEWS
बैशाख ५, २०८० मंगलबार  ७ : ५७ बजे

 

काठमाडौं । काठमाडौंका रात्रिकालीन व्यवसायीहरुले प्रकाश सपूतको नयाँ गीत ‘सकम्बरी’ ले महिलाहरुमाथि आक्षेप लगाएको भन्दै विरोध जनाएका छन् । गीतको भिडिओ र केही शब्दमा आपत्ति जनाउँदै उनीहरुले यसलाई सामाजिक सञ्जालबाट हटाउन सपूतसँग मागसमेत गरेका छन् ।

रात्रिकालीन व्यवसायीहरुको संगठन रात्रिकालीन मनोरञ्जन व्यवसायी संघले आज एक विज्ञप्ति जारी गर्दै सो माग गरेको हो । गीतले रात्रीकालीन व्यवसायमा संलग्न सबै छोरीचेलीहरु देहव्यापारमा लागेको जस्तो सन्देश गएको विज्ञप्तिमा जनाइएको छ ।

‘कलाकारिता क्षेत्रमा आउने सबै प्रतिभाहरु तपाईंको भनाइमा वेश्यावृत्ति गरेर नै आएका र स्थापित भएका हुन् त ? महिलाले राम्रो अवसर पाउन र चर्चित हुन आफ्नो शरीर बेचेकै हुन्छन् वा बेच्नु नै पर्छ ? त्यो क्षेत्रमा कलाको कुनै मूल्य नै छैन ? मेहनत र संघर्षको बाटो नै छैन ? के रात्रीकालीन व्यवसायमा संलग्न सबै नारी/छोरीहरु देहव्यापार नै गर्न गएका हुन्छन् त ?’, विज्ञप्तिमा प्रश्न गरिएको छ ।

विज्ञप्तिमा सकम्बरी गीतलाई ‘अपाच्य’ संज्ञासमेत दिइएको छ । ‘तपाईं जस्तो भूईंमान्छेबाट उठेर संघर्ष गरी नेपाली कला क्षेत्रमा स्थापित हुन लागेको व्यक्तिले नेपाली समाजमा छोरी/नारीको बारेमा निर्माण गर्न खोजेको विम्ब यही हो त ?’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

ट्रम्प-सी शिखर सम्मेलनले के समाधान गर्न सकेन ?

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

सांसदलाई ‘नयाँ राजा’ बनाउने कसरत: संविधान मिचेर फौजदारी अभियोगमा उन्मुक्ति दिने प्रस्ताव

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com