काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरवार नै सार्न चुनौती दिएका छन् ।
काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरवार नै अर्को पालिकामा सार्न बालेनले भनेका हुन् । फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् । हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला सभ्यता चाहिन्छ, राजनीति होइन ।’
महानगरपालिकालाई विभिन्न मन्त्रालयहरूले असहयोग गरेको भन्दै बालेनले केन्द्र सरकारसँग पैंठेजोरी खेलिरहेका छन् । उनले सिंहदरबार, शीतल निवास र बालुवाटारको फोहोर नउठाउन समेत निर्देशन दिएपछि समस्या चुलिएको छ ।
महानगरले चार दिनदेखि सिंहदरवारको फोहोर समेत उठाएको छैन ।







प्रतिक्रिया दिनुहोस्