ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आमा अभिनेत्रीको जिम्मेवारी र दायित्व


एबीसी / संवाददाता
चैत्र २९, २०७९ बुधबार  ६ : ०३ बजे

काठमाडौँ, २९ चैत । विवाहका लागि साइत जुर्नुपर्छ तर, अभिनेत्रीहरू भने पेसागत भविष्य निर्माणमै बढी समय खर्चिने हुँदा विवाह ढिला गर्छन् । यद्यपि, केही भने विवाह पश्चात् आफूलाई अब्बल सावित गर्दै अभिनेत्रीका रूपमा उचाइमा पुगेका छन् । ‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन् ।

विवाह र त्यसपछि बच्चाका लागि सहज हुँदैन सार्वजनिक व्यक्तित्वलाई । अभिनेत्री प्रियंका कार्कीले कोरोना महामारी अगाडि विवाह गरिन् । लगत्तै लकडाउन भएपछि आफ्नो श्रीमान् आयुष्मान देशराज श्रेष्ठ जोशीसँग समयको उपयोगिताबारे सल्लाह गरेर बच्चाको योजना बनाइन् । “योजना बनाउँदा पनि समय दिनुपर्ने हुन्छ । हामीले यो समय दिँदा सदुपयोगिता पनि हुन्छ भन्ने लागेर योजना बनायौँ । किनकि हामी हाम्रो सन्तानलाई समय अभाव नहोस् भन्ने चाहन्थ्यौँ”, अभिनेत्री कार्कीले भनिन् ।

पूर्वमिस नेपाल माल्भिका सुब्बाले गर्भवती भएदेखि मनोवैज्ञानिक अवस्थादेखि मानसिक स्वास्थ्यसम्मको भोगाइलाई साटिन् । “गर्भवतीको समयमा मैले बुझेँ अब म मात्र आत्मनिर्भर छैन । किनकि म अब हामी भइसकेको थिएँ । मैले गर्ने गतिविधि मेरो स्वास्थ्यसँगै मेरो बच्चासँग जोडिन्थ्यो”, उनले भनिन् ।

नृत्य निर्देशक हुँदै चलचित्र निर्देशक बन्नुभएकी रेनशा बान्तवा राईले आमा बनेपछि पूर्ण महसुस गर्नुभयो । ‘आमा नायिकाः जिम्मेवारी र करिअर’ विषयमा बोल्दै निर्देशक राईले भनिन्, “आमा भएपछि दायित्व बढ्नु स्वाभाविक नै हो । यद्यपि हामी नै खुसी हुन सकेनौँ भने हामीले बच्चालाई खुसी राख्न सक्दैनौँ । काम गरिरहने हामी जस्ता महिलालाई काम र परिवारको दायित्व पाउँदा खुसी हुन्छौँ । हामीले बच्चासँग बसे मात्र असल आमा भइन्छ भन्ने सोच त्याग्नु पर्छ ।”

निर्देशक राईसँगै अभिनेत्री कार्की र पूर्वमिस नेपाल सुब्बाले गर्भवती भएपछि आमाको दायित्व पूरा गरिरहेको सन्दर्भसम्मको आफ्नो यात्राको विषयमा कुरा गरेका छन् । बच्चा हुर्काउँदै गर्दा एउटी श्रीमतीले श्रीमान्, नातेदार, समाजबाट राख्ने अपेक्षाको विषयमा चर्चा भयो । अभिनेत्री कार्की बच्चा पाउने समयमा ९८ केजी थिए ।

चलचित्रको पर्दामा देखिने अभिनेत्रीले आफैँलाई त्यो रूपमा देख्दा स्वीकार्न सकेकी थिएनन् । “म बच्चा पाएर अस्पतालबाट घर फर्किने बेलामा आफ्नो तौल मापन गरेकी छु । ९४ केजी हुँदा आफैँले विश्वास गर्न सकिरहेकी थिइन् । त्यसपछि बच्चा हेर्ने आउनेले दिने प्रतिक्रियाले पनि मलाई मानसिकरूपमा केही हदसम्म असर गरेको थियो । हाम्रो शारीरिक अवस्थालाई लिएर दिइने प्रतिक्रियाले असर पनि गर्छ”, अभिनेत्री कार्कीले भनिन् ।

अभिनय वा विभिन्न कामको सिलसिलामा बाहिर जानु पर्दा सहज त हुँदैन । यद्यपि, कामभन्दा पनि सामाजिकरूपमा आउने प्रतिक्रियाले बढी असर गरेको अनुभव उहाँको छ ।

पूर्वमिस नेपाल सुब्बाले पनि त्यस्ता प्रतिक्रियाले आमाको मनोबल घटाउने बताउनुभयो । “म एउटा डरलाग्दो अवस्थालाई पार गरेर काममा फर्किएकी थिएँ । किनकी हामीले घर पनि त चलाउनै पर्‍यो । त्यो अवस्थामा आफ्नै सहकर्मीमार्फत पनि बच्चालाई छाडेर कसरी काममा आउन सकेको जस्तो प्रतिक्रिया पाएकी छु । त्यस्ता कुराले सुरूआती समयमा असर गर्ने गरेको थियो”, उनले भनिन् ।

निर्देशक राईले बच्चा हुर्काउने जिम्मेवारी आमा झैँ बुबाको पनि उत्तिकै रहेको बताइन् । “कहिलेकाहीँ बुबाले बच्चाको कपडा बदलिरहेको छ । उसलाई फकाइरहेको छ र आफन्त आएका छन् भने आमालाई भाग्यमानी भन्छन् । बच्चा हुर्काउने दायित्व आमा झैँ बुबाको हो भन्ने किन बुझ्दैनन् ? हाम्रो यो अवस्था छ भने जहाँ महिला काम गर्दैनन् त्यहाँ के होला ? हामीले यससम्बन्धी सोचमा बदलाव ल्याउनु जरुरी छ”, उनको कथन थियो ।

पूर्वमिस नेपाल सुब्बालाई आमा बन्ने आवश्यकता महिलाभन्दा पनि बढी समाज र नातेदारले बनाएको दायरा जस्तो लाग्छ । उनी अध्ययनका क्रममा देखाइने पूर्ण परिवारको चित्रमा बुबा, आमा, छोरा र छोरीको चित्रसँग सहमत छैनन् । “सन्तान जन्मियो भन्दैमा विशेष हुने र पूर्ण हुने भनाइमा म सहमत छैन”, उनले भनिन्। एकल आमाको रूपमा छोरालाई हुर्काइरहेकी पूर्वमिस नेपाल सुब्बाले समाजमा बलियो बन्न सिकाइरहेकी छन् ।

अभिनेत्री कार्की अहिले चलचित्रसँगै टेलिभिजन कार्यक्रममा व्यस्त छिन् । उनलाई आमा भएपछि काममा फर्किने प्रेरणा आफ्नै आमामार्फत प्राप्त भएको थियो । काम गर्ने सिलसिलामा महिला सहभागिता न्यून रहेको चर्चा पनि हुने गर्छ । उनले देखाउनकै लागि महिलालाई समूहमा सामेल गर्न नहुने बताइन् ।

“मैले शृङ्खला निर्देशन गरेँ । महिला राख्दिम् न भनेर राखेर काम राम्रो हुँदैन । उहाँ त्योसम्बन्धी विज्ञ हो कि होइन ? काम गर्न सहज हुनुहुन्छ कि हुँदैन ? उहाँ कत्तिको सुरक्षित हुनुहुन्छ ? लगायतका तथ्यलाई सोच्नु पर्छ”, अभिनेत्री कार्कीले भनिन्, “महिला कम छ भन्ने भन्दा पनि विज्ञ छन् भन्ने आवाज बन्नु जरुरी छ । त्यहाँ कोटा र दयाभावभन्दा पनि प्रतिभा नै चाहिन्छ ।”

निर्देशक राईले आफ्नो चलचित्रको नाम नै परिवर्तन गरिन् । आइएम ट्वान्टी वानलाई ‘ज्याकीः आइएम ट्वान्टी वान’ बनाएपछि पुरुष पात्रको नाममा शीर्षक किन बनाएको भन्ने प्रश्न पनि उदाए । “मेरो दोस्रो चलचित्रमा आइपुग्दा म बजारमार्फत पनि निर्देशित छु । बजारले चाहिरहेको चलचित्र बनाएर आफूलाई चिनाउनुसँगै प्रमाणित गर्नुपर्ने दायित्व छ । त्यसैले मैले पुरुष पात्रको ज्याकीलाई शीर्षक बनाउँदा महिला पात्रको रुबीलाई बनाउन सकिनँ”, निर्देशक राईले भनिन्, “म स्थापित भएपछि वा मैले विश्वास पाएपछि म आफ्नो किसिमको चलचित्रमार्फत मेरो सोचलाई व्यक्त गर्न सक्छु । अहिले म बजारभन्दा बाहिर गए भने बाहिर नै हुन्छु ।”

निर्देशक राई जुम्ल्याहा सन्तान एक छोरा र एक छोरीकी आमा हुन् भने अभिनेत्री कार्कीले एक छोरीलाई जन्म दिएकी छन् । पूर्वमिस नेपाल सुब्बाको सात वर्षीय छोरा छ । उनीहरू तीनैजना आफ्नो क्षेत्रको काममा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com