ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालीगण्डकी करिडोर स्तोन्नति जारी


एबीसी न्यूज

काठमाडौं, चैत २४ । नेपाल आउने विदेशी पर्यटक, धार्मिक पर्यटक र नेपाल घुम्न चाहने आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य हो मुस्ताङ । हवाई मार्गभन्दा स्थलमार्गबाट धेरै पर्यटक मुस्ताङ जाने गर्दछन् । तर, मुस्ताङ जाने र फर्कने क्रममा पर्यटक र तीर्थयात्रीले सास्ती खेप्न बाध्य छन् । कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि मुस्ताङको लोमान्थाङसम्मको आठ ठाउँमा स्तरोन्नतिको काम भइरहेको कालीगण्डकी करिडोर आयोजना मालढुङ्गा–जोमसोम प्रमुख जगत प्रजापतिले बताउनुभयो ।

उहाँका अनुसार सडक निर्माणका लागि आवश्यक पर्ने कच्चापदार्थ ढुङ्गा, गिटी, बालुवा, ग्राभेल आदि इत्यादिको अभावले सडकको काम तीव्ररुपमा हुन नसकेको हो ।

“सडक स्तरोन्नतिका लागि ठाउँठाउँमा राखिएका निर्माण सामग्री, भत्काइएको सडक मर्मतमा ढिलाइलगायतका कारण सडक साँघुरो र जोखिमयुक्त भएकाले ज्यानकै बाजी राखेर मुस्ताङ आवतजावत गर्न बाध्य हुनुपर्ने अवस्था रहेछ”, रसियन पर्यटकलाई मुस्ताङ घुमाएर बेनी फर्किनुभएका पर्यटक पथप्रदर्शक डग्नुम लामाले बताउनुभयो ।

“मुस्ताङ घुम्दा रमाएका पर्यटक बाटोमा सास्ती भोग्दा भने निरास हुने गर्छन्, सरकारले भ्रमणका लागि मुस्ताङ त बोलाउँछ, तर बाटो किन बनाउँदैन भने पर्यटकले हामीसँग प्रश्न गर्छन्”, उहाँले भन्नुभयो । चौध जना साथीसँग मुस्ताङ घुमेर फर्कन लाग्नुभएका नवलपुरको गैँडाकोट नगरपालिका–१२ हर्कपुरका प्रकाश ज्ञवालीले बेनीमा भन्नुभयो, “त्यस्तो सुन्दर ठाउँ ९मुस्ताङ०मा जान र फर्कने र दैनिक सयौँ विदेशी पर्यटकको आवतजावत हुने सडकको अवस्था अत्यन्तै दयनीय रहेछ, सडक स्तरोन्नतिका लागि निर्माण कम्पनी र सरकार दुवै उदासिन बनेको देखियो, यस्तो सडक देखाएर सरकारले विदेशी पर्यटकलाई मुस्ताङ घुम्ने निम्ता कसरी दिन सकेको होला रु”

लमा र ज्ञवालीले भनेजस्तै मुस्ताङ जाने सडकको अवस्था अत्यन्त दयनीय नै रहेको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताउनुभयो । “सरकारले निर्माण कम्पनीलाई दोष दिन्छ, निर्माण कम्पनीले सरकारलाई” शेरचनले भन्नुभयो, “दुई वटा निकायका बीचमा समन्वय नहुँदा सास्ती चाहिँ पर्यटकले भोग्नुपरेको छ, यस्तै अवस्था अझै केही समय रहिरहने हो भने मुस्ताङ घुम्ने पर्यटकको चाहना हुँदाहुँदै पनि सडककै कारण मोहभङ्ग हुनसक्छ ।”

निर्माण कम्पनीका ठेकेदारका अनुसार सडक निर्माणका लागि आवश्यक कच्चापदार्थ कालीगण्डकी नदीबाट निकाल्न नपाउँदा काममा असर परेको हो । सर्वोच्च अदालतले २०७८ असार २९ गते अन्तरिम आदेश जारी गर्दै कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन नगर्न भनेको छ ।

सरकारले जारी गरेको आइइइ रिपोर्टमा उल्लेख भएका आधारमा राष्ट्रिय गौरवको आयोजना भएकाले कालीगण्डकी नदीबाट नै आवश्यक कच्चापदार्थ झिक्न पाउने र सोही मूल्याङ्कनका आधारमा ठेक्का सम्झौता भएको निर्माण कम्पनीले बताउँदै आएका छन् ।

कालीगण्डकी नदीको तीरैतीर जाने करिडोरमा कालीगण्डकीकै निर्माण सामग्री उपयोग गर्ने भनिएको भए पनि सर्वोच्च अदालतमा परेको रिटका कारण निर्माण सामग्री प्रयोग गर्न नपाएकाले काम प्रभावित भएको आयोजना प्रमुख प्रजापतिको भनाइ रहेको छ । सर्वोच्च अदालतले पनि समयमा नै फैसला दिन नसक्दा अन्योलको अवस्था उत्पन्न भएको पाइएको छ ।

आयोजना प्रमुख प्रजापतिले मालढुङ्गादेखि कोरलासम्मको खण्डमा करिब ७२ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिनुभयो । निर्माण सामग्रीको अभावले काम सुस्तगतिमा मात्रै चलेका उहाँले बताउनुभयो । ढुङ्गा नपाएका कारण निकै समस्या भइरहेको छ भने उपलब्ध भएका सामग्रीबाट आरसिसीको काम चलिरहेको उहाँको भनाइ छ । बेनी–गलेश्वरको काम तीव्ररूपमा भइरहेको उहाँले बताउनुभयो । त्यसैगरी गलेश्वरदेखि तातोपानीसम्मको खण्डको पाँच/छ किमी सडक कालोपत्र भइसकेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार केही भागमा कालोपत्रको तयारी भइरहेको छ भने काभ्रे भिरमा पनि ढलानको काम चलिरहेको छ । काभ्रेदेखि घाँसासम्मको सडक अत्यन्तै जोखिमयुक्त मानिन्छ । रुप्से झरनामा पनि बेलिब्रिज निर्माणको काम चलिरहेको उहाँले जानकारी दिनुभयो । मुस्ताङको जोमसोममा ढलानको काम भइरहेको उहाँको भनाइ छ ।

मालढुङ्गादेखि बेनीसम्मको सडकको काम भने निर्माण कम्पनीले छोडेको छ । उक्त सडकखण्डको अहिलेसम्म करिब २०/२५ प्रतिशत मात्रै भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

छिमेकी देश चीन र भारत दुवैलाई छुने र नेपालको आयात निर्यातमा महत्वपूर्ण काम गर्ने राष्ट्रिय गौरवको आयोजना हो ‘कालीगण्डकी कोरिडोर’। व्यापार र पर्यटनका लागि देशकै महत्वपूर्ण रहेको यही सडकको काम गरिरहेको एपेक्स खड्का कृष्ण जेभीले काम छाडेको अवस्था छ । उसले आफ्ना कामदार कोहीलाई अन्य ठाउँका काममा पठाएको छ त कोहीलाई घर फिर्ता गरिदिएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको काम पूरा गर्नका लागि कालीगण्डकी नदी उत्खनन गर्नुबाहेकका विकल्पबाट काम सक्न मुस्किल रहेको निर्माण सम्बद्ध व्यक्ति र स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com