ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खुलामञ्च बन्द किन ? (भिडियोसहित)


ABC NEWS
चैत्र २४, २०७९ शुक्रबार   १० : ५०   बजे

काठमाडौं, २४ चैत ।

काठमाडौं उपत्यकाको केन्द्रमा रहेको खुलामञ्च लामो समयदेखि बन्द रहदै आएको छ । खुलामञ्चको चारैतिरको फलामे ढोका बन्द छन् र ती सबै ढोकामा ताल्चा लगाइएको छ । खुलामञ्चमा आम जनताले राजनीतिक, सामाजिक, सांस्कृतिक एवम् विविध विषयमा खुला बहस र छलफल गर्ने थलोको रुपमा रहदै आएको छ । सामाजिक एवम् नागरिकका जीपनयापनसँग मात्र नभई देशको राजनीतिक परिवर्तनमा ऐतिहासिक योगदान पु¥याएका नेतृत्वले खुलामञ्च साझा सम्पत्ति रहेको बताएका थिए । तर, वा स्वतन्त्रता नभएको पञ्चायतकालमा खुला रहने खुलामञ्च गणतन्त्रको व्यवस्थामा भने किन बन्द छ भन्ने प्रश्न खडा भएको छ ।

बर्दिबासबाट १२ दिन पैदल यात्रा गरेर ७५ जना मिटरब्याज पीडित चैत १३ गते काठमाडौंको खुलामञ्चमा न्याय माग्न आइपुगे । मिटरब्याजका पीडित जसको घर, जग्गा सबै ऋण तिर्दा–तिर्दै सकियो तर ऋणको किस्ता कहिल्यै सकिएन । पीडकले तिरेको ऋणको कागज नबनाउने र कागज बनिसकेको अवस्थामा समेत धम्कीपूर्ण रुपमा पैसा मागेर मानसिक यातना दिदै आएका छन् । कोही काखे बच्चा च्यापेर त, कोही ६० वर्षभन्दा माथिका वृद्धवृद्धा, महिला न्यायको मागसहित खुलामञ्चमा आएका थिए । तर, काठमाडौं महानगरका प्रहरीले उनीहरुलाई खुलामञ्च प्रवेशका रोक्यो र उनीहरुले खुलामञ्चको गेटबाहिर मूल सडकमा नै रात बिताए । सर्वसाधारण जनताको भावना साट्ने, थकाइ मार्ने, भलाकुसार गर्ने, आफ्ना विचारहरु साटासाट गर्ने खुलामञ्च लामो समयदेखि निरन्तर बन्द छ । यहाँसम्म कि, १२ दिनको पैदल हिडेर न्यायका लागि आइपुगेकालाई समेत एक दिनका लागि पनि ढोका खोल्ने नैतिकता राख्दैन काठमाडौं महानगर ।

यो खुलामञ्च त्यही हो जतिबेला देशमा वाक स्वतन्त्रताको अधिकार पुनःस्थापित भइसकेको थिएन । पञ्चायतकालमा खुला रहन्थ्यो खुलामञ्च । प्रजातन्त्रका विचारक मानिने बीपी कोइरालाले भनेका थिए खुलामञ्च जनताको साझा सम्पत्ति हो । देशको आमूल राजनीतिक परिवर्तनमा सधैं खुलारुपमा साक्षी बसेको छ खुलामञ्च । तर, सिंहदरबारको अधिकार घर–घरमा पुगेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा किन बन्द छ खुलामञ्च, प्रश्न खडा भएको छ ।

देशकै सबैभन्दा पुरानो सरकारी अस्पताल वीर अस्पताल खुलामञ्च नजिकै छ । उपचारका लागि देशका विभिन्न जिल्लाबाट काठमाडौं आएकाहरु लागि भारी बिसाउने चौतारा जस्तै पनि थियो । रोजगारीको शिलशिलामा भौतारिएको बेरोजगार युवादेखि केही गर्न खोज्नेहरु जमघट गर्ने, राज्यको राम्रो कामको समर्थन गर्ने, नराम्रो कामको आलोचना गर्ने एक हिसाबमा भन्नुपर्दा भुँइमान्छे गफिने ठाउँ पनि हो खुलामञ्च । काठमाडौं उपत्यकामा खुला ठाउँ नै नभएको स्थितीमा भुकम्प, प्राकृतिक प्रकोपको बेला आपतकालीन बासस्थानको थलो पनि हो यो । सधैं निकै भीडभाड र प्रदुषित रहने परिसरमा कमसेकम खुला सास फेर्ने स्थानको रुपमा पनि खुलामञ्च खुला रहनुपर्नेमा बौद्धिक जमात् एवम् नागरिक अगुवाले आवाज उठाउँदै आएका छन् ।

काठमाडौं महानगरपालिकाले निकै नै गैरजिम्मेवारी ढंगले अहिले त्यस क्षेत्रमा घाँस रोपेकाले बन्द रहेको जनाएको छ । तर, स्थलगत रुपमा त्यहाँ हेर्ने हो भने खुला मैदान मात्र देख्न सकिन्छ । खुलामञ्चमा महानगर, वीर अस्पताल लगायतका निर्माण सामाग्री थोपरिने गरेको त कहिले पार्किङले पुरै ढाक्ने गरेको छ । अहिले त्यहाँ अण्डरग्राउण्ड पार्किङ बनाउन खोजिएको हो या के हो स्पष्ट कुरा बाहिर आएको छैन । काठमाडौं महानगरले खुलामञ्च खुला नै रहने हिसाबबाट त्यहाँ पूर्णरुपमा खाली गरेको हो भने साझा सम्पत्तिको रुपमा रहेको खुलामञ्च छिटोभन्दा छिटो खुला रहनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group