काठमाडौं । रामेछापमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बिहीबार साँझ ५ बजे मन्थली नगरपालिका ७ कौछिनीमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी होम पराजुलीले जानकारी दिए ।
बा ११ च ५५३ नम्बरको हाइलक्स गाडी दुर्घटनामा परेको हो । दुर्घटना हुँदा ९ जना घाइतेको उद्धार गरी अस्पतालमा पठाएको पनि उनले बताए ।
‘हामीले उद्धार गरेर ९ जनालाई उपचारको लागि अस्पताल पठाएका थियौं,’ उनले भने, ‘उपचारको क्रममा एक जनाको मृत्यु भयो। मृतक संख्या ५ पुग्यो ।’
दुर्घटनामा परेको गाडी सडकबाट अन्दाजी १५० मिटर तल खसेको हो।
दुर्घटनाको कारण र मृतकको सनाखत गर्ने काम भइरहेको उनले बताए।







प्रतिक्रिया दिनुहोस्