काठमाडौं, २२ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदले एक-दुई दिनमा पूर्णता पाउने बताएका छन्।
आज काठमाडौंमा भएको सहकारीकर्मीको भेलामा बोल्दै उनले केही दिनमा मन्त्रिपरिषदले पूर्णता पाउने बताए।नेपाली कांग्रेस, जसपा र जनमत पार्टीले मन्त्रालयमा मन्त्री पठाउन ढिला गर्दा मन्त्रिपरिषदले पूर्णता पाएको छैन।
प्रधानमन्त्री दाहालले ६ मन्त्रालय अझै आफैंसँग राखेका छन्। प्रधानमन्त्रीले चैत १७ मा मन्त्रिपरिषद बिस्तार गरे पनि पूर्णता पाएको छैन।‘सरकारले करिब(करिब पूर्णता पाएको छ। आजभोलि शतप्रतिशत नै पूर्णता पाउँछ,’ उनले भने, ‘अब हाम्रो ध्यान नीति तथा कार्यक्रम र बजेट बनाउनेमा छ।’
उनले आज सिंहदरबारमा नीति तथा कार्यक्रम र बजेटबारे छलफल राख्ने पनि बताए। ‘यो पटकको नीति कार्यक्रम र बजेट परम्पराभन्दा भिन्न बनाउने हो,’ उनले भने, ‘पहिले पनि अर्थमन्त्री जनार्दन शर्मालाई कृषिलाई जोड दिएर बजेट बनाउन सुझाव दिएको थिएँ। अहिले पनि हामी परिवर्तन र जनताले केही चिज आयो भन्ने महशुस हुने गरी आउँछ।’








प्रतिक्रिया दिनुहोस्