काठमाडौं । वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानको उम्मेदवारी विरुद्ध उजुरी परेको छ । दाबी विरोधको दिन आज लामिछाने विरुद्धमा एक व्यक्तिले इमेल मार्फत उजुरी दिएका हुन् ।
उजुरी दर्ता गराउँदा निर्वाचन अधिकृतको कार्यालयमा पुगेरै उजुरी दिए मात्रै त्यस उजुरीलाई आधार मान्ने बताउँदै जिल्ला निर्वाचन अधिकृत भिमसेन कार्कीले यो बिषयमा के गर्ने भन्ने छलफल बाँकी रहेको नेपालखबलाई बताए।
उनका अनुसार सर्वोच्चमा रिट परेको व्यक्तिले उम्मेदवारी दिन नमिल्ने भन्दै उम्मेदवारी खारेजको माग राखेर उजुरी गरेका छन्।
यद्यपि, यसरी इमेल मार्फत परेको उजुरीलाई मान्न नसकिने निर्वाचन अधिकृत कार्की बताउँछन्।







प्रतिक्रिया दिनुहोस्