बारा । प्रतिनिधिसभा सदस्यका लागि बारा(२ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलले उम्मेदवारी दर्ता गराएका छन् ।
गत मंसिर ४ गते सम्पन्न उक्त क्षेत्रबाट जनता समाजवादी पार्टी (जसपा) का रामसहाय प्रसाद यादव निर्वाचित भएका थिए । तर यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उक्त निर्वाचन क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।
उक्त क्षेत्रबाट जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उठाउँदै छ। उहाँलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको साथ छ।







प्रतिक्रिया दिनुहोस्