ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कपाल नढाकी सार्वजनिकस्थलमा गएको भन्दै इरानमा दुई महिला पक्राउ


एबीसी / संवाददाता

इरान, १९ चैत । इरानमा कपाल नछोपी (हिजाब नलगाई) सार्वजनिक स्थलमा आएको भन्दै दुई महिलामाथि दही छ्यापिएको छ ।

महिलामाथि दही छापिएको भिडियो सार्वजनिक भएपछि सोही आधारमा हिजाब नलाएको भन्दै इरानी पुलिसले उनीहरुलाई पक्राउ गरेर मुद्दा चलाएको छ । महिलाहरुले कपाल नढाकी बजारमा किनमेलका लागि निस्केका कारण देखाउँदै सरकारले उनीहरुलाई पक्राउ गरेको इरानी सञ्चार माध्यमले जनाएका छन् ।

दुई महिला ग्राहक एक पुरुषसँग कुराकानी गर्न तथा किनमेल गर्न पसलमा जान्छन् । त्यसको केही बेरमा पसलमा राखिएको दही दुवै महिलाको टाउकोमा एक पुरुषले छ्यापिदिन्छन् । जुन भिडियो अहिले भाइरल भएको छ, जुन भिडियोमा देखिएका महिलालाई नै कपाल नढाकी पसलमा गएको भन्दै प्रहरीले पक्राउ गरेको हो  ।

साथै,  सार्वजनिक स्थानमा हंगामा गरेको आरोपमा दही फाल्ने व्यक्ति पनि पक्राउ परेका छन् ।

इरानको न्यायपालिकाले ती दुई महिलालाई सार्वजनिक रूपमा कपाल नछोपेको आरोपमा हिरासतमा लिइएको बताएको छ। टाउको वा कपाल नढाक्नु इरानमा गैरकानुनी मानिन्छ । उता, इरानी न्यायपालिकाले पसलका मालिकलाई पनि कानूनको पालना सुनिश्चित गर्न नोटिस जारी गरिएको जनाएको छ ।

गत वर्ष सेप्टेम्बरमा २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानमा हिजाबको विरुद्धमा ठुलो प्रदर्शन भएको थियो । महसा अमिनीलाई हिजाब राम्रोसँग नलगाएको भन्दै हिरासतमा लिइएको दाबी गरिएको थियो ।

हालसम्म हजारौं प्रदर्शनकारी पक्राउ परेका छन् र डिसेम्बरमा चार प्रदर्शनकारीलाई फाँसी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com