ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाह्र वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ


एबीसी / संवाददाता
चैत्र १७, २०७९ शुक्रबार  ७ : ३९ बजे

कर्णाली, १६ चैत । जबरजस्ती करणीसम्बन्धी मुद्दामा १२ वर्ष कैद र छ हजार पाँच सय १८ नगदसहित सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

चौकुने गाउँपालिका–१० सुर्खेत घाटगाउँका ४१ वर्षीय फरार प्रतिवादी जयबहादुर कामीलाई सादा पोशाकमा गएको प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा कर्णाली प्रदेश प्रहरी कार्यालयको अनुसन्धान ब्यूरोको संयुक्त टोलीले विशेष सूचनाका आधारमा कामीलाई बुधबार घाटगाउँबाट नियन्त्रण लिई जिप्रका सुर्खेतको हिरासतमा राखिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी जबर्जस्ती करणी मुद्दामा दुई वर्ष तीन महिना कैद र रु २५ हजार नगद सजाय भई फरार रहेका प्रतिवादी छोटु भन्ने समिर अहमद कबडियालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटले इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेसँग समन्वय गरेर फरार प्रतिवादीलाई अड्डासार गरी जिल्ला प्रहरी कार्यालय जाजरकोटमा उपस्थित गराएपश्चात कबडियालाई जाजरकोट जिल्ला अदालतमा पेस गरी बुधबार कारागार चलान गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

सुरक्षा निकायको समन्वय अभाव र मिथ्या सूचनाको डढेलोः भदौ २३–२४ को ‘राष्ट्रिय क्षति’

भदौ २४ गते सरकारी, व्यापारिक र निजी भवनमा आक्रमण गर्ने को थिए ?

पहिल्यै लीक भएपछि कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्री बाध्य

सामाजिक सञ्जालमा पेट्रोल बमको छलफल, सुरक्षा निकायलाई थाहै भएन

सुकुमबासी बस्तीमा डोजर चलाउन बन्द गर्न माग

ठमेलमा अनैतिक क्रियाकलापमा संलग्न २० विदेशी महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com