ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८


abc tv

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले जनगणना २०७८ को नतिजा प्रकाशन गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आज जनगणनाको प्रतिवेदन सार्वजनिक गरेका हुन् । आज सार्वजनिक भएको तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।

गत वर्षको माघमा प्रकाशित जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० थियो । त्यसबेला प्रारम्भिक तथ्यांक प्रकाशन गरिएको र अहिलेको नतिजा अन्तिम भएकोले यो नै आधिकारिक भएको कार्यालयको भनाइ छ।

आज प्रकाशति तथ्यांकअनुसार नेपालमा महिलाको जनसंख्या पुरुषको भन्दा महिलाको जनसंख्या ६ लाख ५७ हजार ४७६ जना बढी छ। महिलाको जनसंख्या १ करोड ४९ लाख ११ हजार २७ छ भने पुरुषको जनसंख्या १ करोड ४२ लाख ५३ हजार ५५१ जना रहेको छ । जस अनुसारको महिलाको प्रतिशत ५१.०२ र पुरुषको ४८.९८ रहेको छ । अन्यलिंगीको जनसंख्या ०।०१ प्रतिशत रहेको तथ्यांककार्यालयले प्रकाशन गरेको राष्ट्रिय जनगणना २०७८ को संक्षिप्त नतिजामा उल्लेख गरिएको छ।

नेपालको जनसंख्या वृद्धिदर घटेर १ प्रतिशतभन्दा कम देखिएको छ। २०६८ सालको जनगणनामा १.३ प्रतिशत रहेको जनसंख्या वृद्धिदर घटेर अहिले ०.९२ प्रतिशत रहेको छ । जसअनुसार सबभन्दा बढी जनसंख्या वृद्धिदर भएको जिल्ला भक्तपुर हो । जहाँको जनसंख्या वृद्धिदर ३.३५ प्रतिशत छ भने सबभन्दा कम वृद्धिदर भएको जिल्ला रामेछाप हो । जहाँको जनसंख्या वृद्धिदर १.६७ रहेको छ।

तत्कालीन केन्द्रीय तथ्यांक विभागले २०७८ कातिक २५ देखि मंसीर ९ गतेसम्म १२औं जनगणना सम्पन्न गरेको थियो । २०७८ साल जेठ २५ देखि असार ९ गतेसम्म जनगणना गर्ने पूर्व निर्धारित कार्यक्रमकोरोनाकाकारण स्थगितभएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com