ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तपाईंहरुमध्ये एक आईजीपी हुने हो, मिलेर काम गर्नुस् – प्रधानमन्त्री प्रचण्ड


एबीसी न्यूज

काठमाडौं, ७ चैत । सरकारको निर्णय अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका ५ जना प्रहरी अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दाहालले बढुवा भएका एआईजीहरुलाई बधाई दिँदै सरकारको सुशासन र समृद्धिको अभियानमा सहयोग गर्न आग्रह गरे ।

प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहसहित सिंहदरबार पुगेका ५ एआईजीमध्येबाटै चार दिनपछि आईजीपी नियुक्ति हुँदैछ । आईजीपी बढुवाको चार दिनअघि बुधबार उनीहरुले एआईजीको दज्र्याही चिह्न लगाएका छन् ।

भेटमा सहभागी एक अधिकृतका अनुसार प्रधानमन्त्री प्रचण्डले बढुवा भएका सबै अधिकृतहरु राम्रो भएको बताउँदै संगठन र सरकारको छवि उच्च बनाउने गरी काम गर्न निर्देशन दिए ।

‘अहिले बढुवा हुनु भएका ५ जनामध्येबाटै एक जना आईजीपी हुने हो, मिलेर काम गर्नुस्’, प्रधानमन्त्री प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘एआईजी बढुवा मेरिट वेसिसमा भएको छ, गुनासो कसैको भएको छैन ।’
उनले यसपालि एआईजी बढुवा निर्विवाद भएको बताउँदै खुशी समेत व्यक्त गरेको ती अधिकृतले बताए ।

अहिले गृह मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्री प्रचण्डले सम्हालिरहेका छन् । मन्त्रालयले १३ मंसिरमा डीआईजीहरु वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । त्यसअघि तत्कालीन डीआईजी अशोक सिंह बढुवाका लागि आकांक्षी थिए । तर, जन्ममिति विवाद सतहमा आएपछि उनले राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com