ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३० हजार भारुसम्म पारिश्रमिक पाइने आशमा क्याफेको जागिर छाडेर भारत पुग्दा….


एबीसी न्यूज
चैत्र ८, २०७९ बुधबार   ७ : ५७   बजे

भारत, ८ चैत्र ।  पोखराकी १६ वर्षीया किशोरी उमा (नाम परिवर्तन) पोखराकै एक कफी पसलमा काम गर्दै थिइन् । केही महिना अगाडि उनलाई आयुष आर्यन नाम उल्लेख रहेको फेसबुक आईडीबाट मित्रताको प्रस्ताव आयो । उनले स्वीकार गरिन् । च्याटमा कुराकानी हुन थाल्यो । त्यस क्रममा आफ्नो व्यक्तिगत र पारिवारिक विवरण सेयर गरिन् । आर्थिक अवस्था कमजोर रहेका कारण पढाइ छाडेर काम गर्नुपर्ने बाध्यता रहेकोसमेत म्यासेन्जरमै सुनाउन भ्याइन् ।आयुषले आकर्षक आम्दानी हुने जागिरको प्रस्ताव गर्न थाले । दिल्लीमा ब्युटीपार्लरको जागिर हुने र महिनाको ३० हजार भारुसम्म पारिश्रमिक पाइने उनले बताए । १० हजार रुपैयाँ त्यो पनि मुस्किलले पाइने क्याफेको जागिर खाइरहेका बेला उनी आयुषको प्रस्तावमा लोभिइन् । लामो संवाद र केहीसँगको सल्लाहपछि उनी कामका लागि दिल्ली आउने निर्णयमा पुगिन् ।

आयुषले दिएको एक महिलाको फोन नम्बरमा सम्पर्क र संवादपछि उमा काठमाडौं पुगिन् । आयुषले ती महिला आफ्नी आमा रहेको उमालाई बताएका थिए । तिनै महिलाको साथ लागेर उनी र अन्य दुई किशोरी नेपालगन्ज हुँदै भारत छिरे । उनीहरूलाई चोरबाटो हुँदै सीमा कटाइएको थियो । ‘सीमा कटाएपछि एउटा ट्याक्सीमा हालेर हामीलाई दिल्ली ल्याए,’ उमाले सुनाइन् ।

दिल्ली आइपुगेको भोलिपल्टै उमालाई यौन ग्राहककहाँ जान भनियो । सुरुमा त उनले कुरा बुझिनन् । फ्ल्याटमा सँगै रहेका अन्य युवतीले प्रस्ट्याइदिएपछि उनी झसंग भइन् अनि रोइन् । तर उपाय थिएन । उनलाई दिल्ली ल्याइपुर्‍याउने महिला र फ्ल्याटकी ‘मालकिन’ दुवै नेपाली हुन् । उनीहरूले धाकधम्की दिँदै यसमा लागे महिनाको एक लाख भारु कमाइ हुने प्रलोभन देखाए । अञ्जान ठाउँमा एक्लो परेकी उमालाई भाग्न पनि डर भयो । ‘कहाँ जाने, कसलाई भन्ने केही उपाय नै भएन । पार्लरमा काम गर्न आएकी मलाई सेक्स वर्कर बनाइयो,’ १० कक्षासम्म पढेकी उनले भनिन् ।

उमालाई दिनहुँ ग्राहककामा पठाउन थालियो । दिनमा ६ जनासम्मकहाँ जानुपरेको उनले सुनाइन् । बिरामी हुँदा र महिनावारी भएका बेला पनि आराम पाइनन् । ‘पैसा पनि दिएका छैनन् । यस्तो नारकीय जीवनबाट मुक्ति पाउँछु भन्ने आशा मारिसकेकी थिएँ,’ शनिबार साँझ उद्धार गरिएकी उमाले भनिन् । दिल्ली प्रहरी, किन इन्डिया र शक्ति समूहको संयुक्त टोलीले उमालगायत ९ किशोरीलाई एकै दिन उद्धार गरेको हो । एउटै फ्ल्याटबाट उद्धार गरिएका उनीहरू १६ देखि १८ वर्षसम्मका छन् ।

उद्धार गरिएकी खोटाङकी चिमा (नाम परिवर्तन) ले महिनाको एक लाख भारु पाइने भनिए पनि चार महिना भइसक्दासम्म आफूले पैसा नपाएको सुनाइन् । ‘लोभमा परेर दिल्ली आइहालियो, भाग्ने कुनै उपाय नलागेपछि बाध्यतावश दुष्कर्ममा लागियो,’ उनले भनिन्, ‘हामीले पाएको टिप्ससमेत दलालले खोसेर लान्थे । तिम्रो यति पैसा जम्मा भएको छ सधैं भनिरहन्थे, एकसुको पनि दिएनन् ।’ मासिक एक लाख भारु पाउनलाई १ सय ८० पटक यौन कार्यमा संलग्न हुनुपर्ने ‘टार्गेट’ तोकिएको उनले सुनाइन् ।

११ कक्षासम्म पढेकी चिमाले काठमाडौंमा केही अवधि एउटा फाइनान्स कम्पनीमा काम गरेकी थिइन् । बुबाको निधन भइसकेको र आमा अर्कैसँग हिँडेपछि आफू काठमाडौं छिरेको उनले सुनाइन् । काठमाडौंमा सेन्जी तामाङ नामकी महिलासँग चिनजान भएको र उनले दिल्लीमा क्याफेमा महिनाको २५ हजार भारु पाइने बताएपछि उसैको साथ लागेर हिँडेको उनको भनाइ छ । यौन कार्यमा लाग्नुपर्ने भएपछि प्रतिवाद गर्दा पनि नसकेको उनले बताइन् । ‘भाग्नलाई उपाय पनि गरें तर केही लागेन,’ उनले भनिन्, ‘एक प्रकारको औषधि खुवाएर भए पनि जबर्जस्ती ग्राहककोमा पठाइन्थ्यो । एकपटक बाटामा भेटिएका प्रहरीलाई सुनाएकी थिएँ, मालिकसँग मिल्दा रहेछन्, झन् कडाइ गरे ।’

काठमाडौंबाट हराएका चार युवतीको खोजतलासका लागि नेपालबाट दिल्लीस्थित नेपाली दूतावासलाई पत्राचार भएको थियो । तीन सातायता दूतावासले खोजतलासका लागि दिल्ली प्रहरी र सामाजिक संस्थासँग समन्वय गर्दै आएको थियो । दिल्ली प्रहरी, किन इन्डिया र शक्ति समूहसँग मिलेर खोजी गर्ने क्रममा ९ किशोरी र एक शिशुको उद्धार भएको दूतावासका काउन्सिलर नेपाल प्रहरीका एसएसपी उमाप्रसाद चतुर्वेदीले बताए । ‘किसनगढस्थित एक फ्ल्याटमा दिल्ली प्रहरी, किन इन्डिया र शक्ति समूहको संयुक्त टोलीले शनिबार साँझ छापा मार्दा उनीहरू भेटिएका हुन्,’ उनले भने ।

उद्धार गरिएमध्येकी नुवाकोटकी ईशा ९नाम परिवर्तन० ले फेन्सी पसलमा मासिक ३५ हजार भारु हुने काम पाइने लोभमा आफू र आफ्नी देउरानी एक दिन अगाडि मात्रै दिल्ली आइपुगेको सुनाइन् । ‘हामीलाई धेरै कुरा थाहा थिएन । देउरानीकी दुईमहिने छोरी रहेकाले उसको स्याहारमा पनि थियौं,’ उनले भनिन्, ‘आइपुगेको भोलिपल्टै प्रहरी आउँदा हामी अलमलमा पर्‍यौं । पछि पो थाहा भयो, दुष्कर्मबाट जोगिएछौं ।’

किन इन्डियाका प्रमुख नवीन जोशीले शंकास्पद फ्ल्याटमा छापा मार्दै जाँदा उनीहरू फेला परेको सुनाए । उनका अनुसार दिल्ली ल्याइपुर्‍याएका महिलालाई केही महिनापछि भारतकै अन्य सहरमा पुर्‍याउने प्रवृत्ति देखिएको छ । ‘अर्को ठाउँका ग्राहकका लागि नयाँ पनि हुने र प्रहरीको छापाबाट बच्ने पनि हुनाले त्यस्तो उपाय गरिएको पाइन्छ,’ उनले भने, ‘मालिकले पनि आफ्नो परिचय फरक फरक दिने गरेका हुन्छन् । फोन नम्बर पनि बदलिरहन्छन् । त्यही कारण उद्धारका लागि बढी मिहिनेत गर्नुपर्छ ।’

एसएसपी चतुर्वेदीका अनुसार युवतीसँग सम्पर्क बढाउने, प्रलोभन दिने, सीमा कटाउने र दिल्लीमा यौन धन्धामा लगाउने कार्यमा नेपालीकै संलग्नता देखिएको छ । ‘यस्तो कार्यलाई रोक्न परिवार, स्थानीय तह, स्थानीय सामाजिक संघसंस्थालगायत सबै सक्रिय हुन आवश्यक छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप डायरी : इङ्ग्ल्यान्डको शक्तिशाली सन्देश, घानाको संघर्षपूर्ण जित र पोर्चुगलको अप्रत्याशित ठेस

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

सम्बन्धित

विश्वकप डायरी : इङ्ग्ल्यान्डको शक्तिशाली सन्देश, घानाको संघर्षपूर्ण जित र पोर्चुगलको अप्रत्याशित ठेस

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

विश्वकप २०२६ : इन्जुरी समयमा यिरेन्कीको गोल, घानाले पानामामाथि १–० को नाटकीय जित

महिनौँको युद्धपछि ऐतिहासिक सहमति: ट्रम्प र इरानी राष्ट्रपतिले गरे शान्ति सम्झौता

योआने विस्साले पोर्चुगललाई रोके, डीआर कंगोले ५२ वर्षपछि विश्वकपमा ऐतिहासिक पहिलो अंक जित्यो

केनको दोहोरो प्रहार, बेलिङ्घमको जादु र रासफोर्डको अन्तिम चोट — क्रोएसियामाथि इंग्ल्यान्डको ४–२ को रोमाञ्चक जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group