ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युएईलाई हराउँदै एकदिवसीय मान्यता बचाउने दाउमा नेपाल


एबीसी / संवाददाता
फाल्गुन २८, २०७९ आईतबार   ७ : ३१   बजे

काठमाडौँ, २८ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आज नेपालले युनाइटेड अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दै छ ।

त्रिभुवन विश्वविद्यालयको खेल मैदान, कीर्तिपुरमा विहान ९ः३० बजेदेखि सुरु हुने खेलमा नेपालले युएसँगै प्रतिस्पर्धा गर्न लागेको हो ।

घरेलु टोली नेपाल आफ्नो उच्च लयलाई निरन्तरता दिँदै युएईलाई हराउँदै आगाम ४ वर्षका लागि एकदिवसीय मान्यता पक्का गर्न चाहन्छ । नेपाल ३३ खेलमा १६ मा जित र १५ मा हरसहित ३४ अंकका साथ पाँचौँ स्थानमा छ । अमेरिका ३६ खेलमा १६ जित र १७ हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ ।

नेपालले यदि युएईलाई हराउँदा ३६ अंकका साथ चौथो स्थानमा उक्लिने छ । बाँकी दुवै खेलमा पराजित भए पनि नेपाल शीर्ष पाँचमा रहँदै सोझै एकदिवसीय मान्यता बचाउने छ । त्यसैले नेपालको लक्ष्य युएईलाई हराउँदै दुई खेल अगावै एकदिवसीय मान्यता पक्का गर्ने हुने छ ।

यता युएई ३३ खेलमा १४ मा जित र १६ मा हरसहित ३१ अंकका साथ छैटौँ स्थानमा छ । युएईलाई शीर्ष पाँचमा रहँदै एकदिवसीय मान्यता जोगाउन बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ । नेपालसँग पराजित भएमा एकदिवसीय मान्यता सोझै प्राप्त गर्ने अवसर निकै कठिन बन्ने छ । नेपालसँग पराजित हुँदा एकदिवसीय मान्यता बचाउन युएईले बाँकी दुई खेलमा फराकिलो जित हात पार्नुपर्ने हुन्छ ।

यता नेपालले पछिल्ला ९ मध्ये ८ खेलमा जित हात पारेको छ । पछिल्ला ५ खेल घरेलु मैदानमा नेपाल पराजित भएको छैन । उता युएईले पछिल्ला १० खेलमा २ मा मात्रै जित हात पारेको छ । नेपाललाई सोझै विश्वकप छनोट खेल्न बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ । युएई भने शीर्ष तीन दौडबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

घरेलु मैदानमा क्यानडाको संघर्षपूर्ण सुरुआत, लारिन बने उद्धारकर्ता

दक्षिण कोरियाको रोमाञ्चक पुनरागमन, चेकियामाथि २–१ को जितसँगै विश्वकपमा विजयी सुरुआत

विश्वकपको उद्घाटनमै इतिहास : मेक्सिकोको जित, तीन रातो कार्ड र विश्वकपले देखायो नयाँ रेकर्ड

फिफा विश्वकप २०२६ : कुन टोलीबीच कहाँ र कहिले हुँदैछन् खेल?

फिफा विश्वकप २०२६: फुटबलको नयाँ युग, नियमको क्रान्ति र ५० अर्ब डलरको सट्टेबाजी बजार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group