ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इन्जिनको सुरक्षा जाँच नसकुन्जेल श्री एयरलाइन्सको सबै जहाज ग्राउन्डेड


एबीसी / संवाददाता
फाल्गुन २६, २०७९ शुक्रबार  ८ : ५० बजे

काठमाडौँ, २६ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न श्री एयरलाइन्सलाई निर्देशन दिएको छ ।

आजदेखि श्री एयरलाइन्सका जहाजले कुनै पनि उडान गर्न पाउने छैनन् । जहाजको इन्जिनका सुरक्षा जाँच र उड्न योग्य भए/नभएको परीक्षण गरेपछि मात्रै उडानका लागि अनुमति दिने तयारी प्राधिकरणको छ ।

केही दिनभित्र जहाजको इन्जिनको सुरक्षा जाँच सकिने छ । त्यसपछि जहाज उडान योग्य भएमा श्री एयरलाइन्सका जहाजले उडान भर्ने अनुमति पाउने छन् ।

बिहीबार ७८ जना यात्रु बोकेर काठमाडौँबाट भैरहवा उडान भरेको उडान नम्बर ८२१ को जहाजको एक इन्जिनमा आगो लागेको संकेत ककपिटमा देखिएपछि जहाजलाई पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको थियो । उक्त विमान काठमाडौँमा अवतरण गराइएपछि प्राविधिकहरूको निगरानीमा राखिएको थियो भने त्यसलाई जाँच गर्ने श्री एयरलाइन्सका दुई प्राविधिकलाई प्राधिकरणले दिउँसै निलम्बन गरेको थियो ।

बिहीबार बिहान काठमाडौँबाट उडेको केहीबेरमै इन्जिनमा फायर वार्निङ (आगोको संकेत) देखिएपछि चालक दलले विमानको दायाँ इन्जिन बन्द गरेर एउटा इन्जिनकै भरमा आपतकालीन अवतरण गराएका थिए । एसएचए–८२१ उडान नम्बरको विमान काठमाडौँबाट ९ः३८ मा भैरहवाका लागि उडेको थियो । उपत्यका छाडेर धार्के आसपासको आकाशमा पुगेलगत्तै दायाँ इन्जिनमा आगोको संकेत देखिएपछि ९ः५५ मा काठमाडौँ अवरतण गराइएको थियो ।

श्री एयरलाइन्सका ४ वटा सिआरजे र ४ वटा ड्यास क्यु–४०० गरी ८ वटा जहाज छन् । यसले काठमाडौँसहित देशभरका ९ वटा सुगम विमानस्थलबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

क्वेाने समाज युकेले बनायाे कागबेनीमा गुम्बा

सम्बन्धित

झापा–५ मा ओलीको आज ‘वडा-वडा’ अभियान

बैशाखमा हुने सिरीजंघा पर्यटन महोत्सवको लोगो र प्रोमो सार्वजानिक

ट्रम्प म्याकिन्लेसँग किन यति धेरै मोहित छन्?

गुगलले १५ वर्षसम्म कसरी गोपनीयताको संस्कृति बनायो

भारतीय पर्यटकहरूले विश्व जितिरहेका छन्

पर्यटक आगमनमा इतिहासकै रेकर्ड ब्रेक, अहिलेसम्कै सवैभन्दा बढी यो वर्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com