काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बन्दैन भन्न नसकिने बताएका छन्।
बिहीवार राष्ट्रपतिको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
अध्यक्ष ओलीले राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्ने भनाइले सार्थकता पाउनसक्ने बताए।
उनले कांग्रेस र एमाले मिल्दै नमिल्ने भनेर कसम नखाएको भन्दै राष्ट्रपति निर्वाचनपछि दुई ठूला दलको सहकार्य हुन सक्ने संकेत गरेका हुन्।
उनले देशको हितको रक्षा, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र स्वाभिमान, लोकतन्त्रको रक्षा, जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिनेलाई संविधानसम्मत लोकतान्त्रिक कोणबाट व्याख्या गर्ने, देशप्रति बफादार भएर संविधानको रक्षक, पालकको हिसावले देशको अभिभावकको भूमिका खेल्ने राष्ट्रपति चाहिएको बताए।







प्रतिक्रिया दिनुहोस्