काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिटविरुद्ध अखिल क्रान्तिकारीले बृहत विरोध प्रदर्शन गर्ने भएका छन् ।
अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनका अनुसार, सर्वोच्चमा दर्ता भएको रिट खारेजीको माग राख्दै आज अपरान्ह ५ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न लागिएको हो ।
जनयुद्धको विषयलाई लिएर सर्वोच्च अदालत प्रशासनले प्रचण्डविरुद्धको रिटलाई दर्ता गरेको हो । रिट दर्ता भएपछि सर्वोच्चले बिहीबारलाई पेसीसमेत तोकिदिएको छ।
उक्त रिटलाई लिएर सोमबार बिहान तत्कालीन १० वर्षे सशस्त्र संघर्षमा होमिएका माओवादी नेताहरुको बैठकलगत्तै सर्वोच्चमा दर्ता गरिएको हो।
पेसी तोकिएसँगै द्वन्द्वकालीन मुद्दालाई लिएर सर्वोच्चले सुनुवाइ अघि बढाउने बाटो खुलेको छ।
अधिवक्ता ज्ञानेन्द्र आरन र रामेछापका कल्याण बुढाथोकीले प्रचण्डलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाउन मागसहित दिएको रिट निवेदन सर्वोच्चमा हालेका थिए। सुरुमा दरपीठ भएको यो मुद्दालाई सर्वोच्चको इजलासले शुक्रबार दर्ता आदेश दिएको थियो।
उक्त रिट सोमबार दर्ता हु्ने खबर पाएसँगै माओावादीका तत्कालीन घटकका सबै नेता एक ठाउँ जुटिसकेका छन् ।







प्रतिक्रिया दिनुहोस्