ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोकतन्त्रका नाममा अराजकता स्वीकार्य हुँदैन : मन्त्री श्रेष्ठ


एबीसी / संवाददाता
फाल्गुन २२, २०७९ सोमबार  ७ : १५ बजे

पाटन, २२ फागुन । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले लोकतन्त्रका नाममा अराजकता स्वीकार्य नहुने बताएका छन् । बागमती प्रदेश सञ्चार रजिष्ट्रार कार्यालयले ललितपुरमा आयोजना गरेको ‘विद्युतीय सामग्रीको स्वनियमन र सामाजिक उत्तरदायित्व’ विषयक अन्तरक्रियामा उनले लोकतन्त्रमा भ्रम सिर्जना गर्ने र अराजकतातर्फ लैजाने कार्य स्वीकार्य नहुने स्पष्ट पारे ।

“स्वतन्त्रता र स्वच्छन्दतालाई एउटै रुपमा हेर्न मिल्दैन, स्वतन्त्रताका नाममा लोकतन्त्रमा अराजकता स्वीकार्य हुनुहुँदैन । यसका लागि विद्युतीय सामग्रीमार्फत प्रचारप्रचार हुने गतिविधिहरुको स्वनियमनका साथसाथै सरकारी र सरोकारवालाहरुको स्तरबाट नियमन र कारबाहीको चरणमा जानु आवश्यक हुन्छ”, मन्त्री श्रेष्ठले भने, “डिजिटल मिडियामा देखिएको विकृति न्यूनीकरणका लागि कतैबाट ठोस पहल नभइरहेको अवस्था छ । यसका लागि कसैले पहल त गर्नैपर्छ भन्ने लागेर हामीले यो प्रयास गरेका हौँ ।”

अहिलेको लोकतान्त्रिक व्यवस्थामा डिजिटल मिडियालाई निषेध गर्न नसकिने बताउँदै उनले स्वतन्त्रताका नाममा भएका स्वच्छन्दतालाई भने नियन्त्रण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारी र पत्रकार उमेश श्रेष्ठले डिजिटल मिडियाका समस्या समाधानका उपायहरुका बारेमा कार्यपत्र पेस गरेका थिए ।

कार्यपत्रमाथि टिप्पणी गर्दै वरिष्ठ पत्रकार ध्रवहरि अधिकारीले अनलाइन टिभी पत्रकार संघद्वारा जारी भएको स्वनियमन निर्देशिकाबारे डिजिटल मिडिया सञ्चालकहरूलाई प्रशिक्षित गरेमा धेरै विकृति कम हुने विश्वास व्यक्त गरे । उनले सबै मिडियाले आन्तरिक लेखा परीक्षण गरेजस्तै कन्टेन्टको आन्तरिक परीक्षण गरिनुपर्ने बताए ।

बागमती प्रदेशका सञ्चार राजिष्ट्रार रेवती सापकोटाले विज्ञ तथा सरोकारवालाहरुको सल्लाहका आधारमा स्वनियमनका कार्यक्रमहरु बनाएर लागु गरिने जानकारी दिए । डिजिटल माध्यममा देखिएको विकृतिलाई बागमती प्रदेश सरकारले गम्भीरतापूर्वक लिएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

सम्बन्धित

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली टिचिङ अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा

नवलपरासीको दाउन्ने क्षेत्रमा दुर्घटना, तीनजनाको मृत्यु, १५ घाइते

एमालेले डाक्यो सचिवालयको आकस्मिक बैठक

बालेन सरकारले प्रतिशोध र पूर्वाग्रहको झल्को दिएको महेश बस्नेतको भनाइ, एमालेले आजैदेखि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com