काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने भएको छ।
आइतबार बसेको प्रदेश संसदीय दलको बैठकले शाहलाई विश्वासको मत दिने र सरकारमा पनि सहभागी हुने निर्णय गरेको संसदीय दलका नेता रामेश्वर चौधरीले जानकारी दिए।
शाहले आजै प्रदेश सभामा विश्वासको मत लिन लागेका छन्। उनलाई माओवादी केन्द्रले पनि विश्वासको मत दिने बताएको छ।
५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १९, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा ९एकीकृत समाजवादी० ४ जना र राप्रपाका १ सांसद छन्।
प्रदेश सभामा एमालेका १० सांसद छन्।
बहुमतका लागि २७ सांसदले विश्वासको मत दिनुपर्छ। माओवादीले मत दिने भएसँगै मुख्यमन्त्री शाहले विश्वासको मत पाउने पक्का भएको छ।







प्रतिक्रिया दिनुहोस्