ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुशासन प्रवर्द्धनका लागि प्रविधिमैत्री जनकपुरधाम


एबीसी / संवाददाता

जनकपुरधाम, १८ फागुन । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले सेवाप्रवाहलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउँदै विद्युतीय सुशासन प्रवर्द्धनका लागि सूचना प्रविधिको प्रयोगलाई जोड दिइरहेको छ ।

नागरिकले कार्यालयमै धाएर कागजी प्रक्रिया पूरा गर्नुपर्दा भोग्नुपर्ने समस्या समाधानका लागि सूचना प्रविधिको अधिकतम प्रयोगलाई प्रवर्द्धन गर्ने नीतिअनुसार प्रविधि सुधारको पहल भइरहेको उपमहानर प्रमुख मनोजकुमार साहले जानकारी दिए । उनले अहिले नगरपालिकाको आन्तरिक सेवा प्रवाहलाई प्रविधियुक्त र नागरिकलाई सूचना प्रविधिमार्फत सेवाप्रवाहका लागि आवश्यक प्रविधिको व्यवस्थापन गर्न पहल भइरहेको बताए ।

“हामीले सुरुमा उपमहानगरभित्र नै प्रविधिको प्रयोगबाट कसरी छिटो र पारदर्शी ढंगले काम गर्न सकिन्छ भनेर ई–हाजिरी र सेवाग्राहीले अनलाइनमै आफ्नो विवरण पेश गर्ने गरी काम सुरु गरेका छौँ”, उपमहानगर प्रमुख साहले भने, “अब बिस्तारै नागरिकले कर तिर्न पनि लाइन बस्नुपर्ने परम्परागत शैलीलाई प्रतिस्थापन गर्न डिजिटल सूचना प्रणालीको विकास गर्दैछौँ । त्यसमा उपमहानगरपालिका लागिरहेको छ ।”

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशीले कर्मचारीलाई समयमै कार्यालय आउने र काम सकेपछि मात्रै जाने गरी अनुशासित बनाउन प्रविधिको प्रयोग ई–हाजिरीबाट सुरु गरिरएको र अब नागरिकलाई लक्षित गरी प्रविधि प्रयोगमा जोड्न दिइने बताइन् । उनले गत भदौपछि ई–हाजिरी सुरु गरेको र सेवाग्राहीलाई लक्षित गरी ‘सेमी’ अनलाइन सेवा पनि सञ्चालनमा ल्याइएको जानकारी दिए । “सकेसम्म हाम्रा सबै सेवा डिजिटलाइज्ड गर्ने गरी अगाडि बढेका छौँ । आर्थिक कारोबारको नियमितता, मितव्ययीता र कार्यदक्षता अभिवृद्धिका लागि महालेखा नियन्त्रक कार्यालयको निर्देशनबमोजिम स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) सफ्टवेयर प्रयोगमा ल्याइसकेका छौँ”, प्रमुख प्रशासकीय अधिकृत शशीले भनिन्, “राजस्व व्यवस्थापन सूचना प्रणाली ९आरएमआइएस० को प्रयोगका लागि महालेखालाई पत्र लेखिसकेका छौँ, त्यो कार्यान्वयनमा आए हामी मधेसमै पहिलो स्थानीय निकाय हुनेछौँ ।”

जनकपुरधाम उपमहानरपालिका चेकबाट रकम हस्तान्तरणलाई निस्तेज गरी विद्युतीय कोष हस्तान्तरण प्रणालीको प्रयोगमार्फत कारोबार गर्ने धनुषा जिल्लाकै पहिलो स्थानीय निकाय हो । प्रमुख प्रशासकीय अधिकृत शशीले उपमहानगरपालिकालाई पूर्ण प्रविधिमैत्री बनाउन मोबाइल एपको विकास गर्ने योजना रहेको र योजना, लागत, कार्यान्वयन हुने क्षेत्र तथा प्रगति विवरणसमेत थाहा पाउने गरी अनलाइन प्रणाली विकास गरिने पनि बताइन् । “सेवा प्रवाहलाई प्रविधियुक्त र अझ व्यवस्थित बनाउन पहल गरिएको छ, डिजिटल सहर बनाउने क्रममा अब करदाताले नगरपालिकाले संकलन गर्दै आएको एकीकृत सम्पत्ति कर, घर बहाल कर, अन्य व्यवसाय कर, नक्सा पास दस्तुर, ठेक्कापट्टा नवीकरणलगायतका राजस्व जुनसुकै ठाउँबाट पनि अनलाइनबाटै तिर्न सक्ने व्यवस्था मिलाउने योजना छ । छिट्टै यसको कार्यान्वयन हुने गरी काम गर्छौँ,” शशीले भनिन् ।

त्यसैगरी वडा कार्यालय र नगर क्षेत्रमा रहेका वडा स्वास्थ्यचौकीलाई एकै ठाउँबाट अनुगमन गर्न मिल्ने गरी अनलाइन प्रणालीको विकास गर्ने योजना रहेको र अहिले सामाजिक सुरक्षा पञ्जीकरण कार्यका लागि २५ वटै वडामा कम्प्युटर अपरेटर नियुक्त गरी काम अगाडि बढेको उपमहानगरपालिकाले जनाएको छ । “उपमहानगरपालिका र यसअन्तर्गतका २५ वटै वडालाई अनलाइन प्रणालीमा जोड्ने काम हुँदै छ । डिजिटल नक्सा र यहाँका घरहरुको अनलाइन ‘कोडिङ’को काम पनि हुन्छ । यसले सेवा प्रवाहमा थप सहजता ल्याउने छ”, शशीले अगाडि भनिन् । सामाजिक सुरक्षा पञ्जीकरण कार्यलाई सहज बनाउन हाल ३५ जना कम्प्युटर अपरेटर नियुक्त भई आवश्यक कार्य सुरु गरिसकेको पनि शशीले जनाकारी दिइन् ।

जनकपुर धार्मिक नगरी पनि भएकाले सुरक्षा व्यवस्थापनका लागि नगर क्षेत्रमा रहेका सिसीटिभीबाट एकै ठाउँबाट अनुगमन गर्ने गरी एकीकृत सञ्जाल निर्माणको काम पनि सुरु गर्न थालिएको नगरपालिकाले जनाएको छ । नगर क्षेत्रभरि हाल प्रदेश सरकार र अन्य निकायले करिब ५० वटा सिसीटिभी जडान गरेकोमा अब नगरपालिकाले पनि मुख्य तथा अत्यावश्यक ठाउँमा थप गरी त्यसलाई एउटै सञ्जालमा जोडेर अनुगमन गर्दा सुरक्षाका दृष्टिले सहजता प्रदान गर्ने अपेक्षा छ ।

अहिले जनकपुरलाई प्रविधिको माध्यमबाट जान्नका लागि एप सञ्चालनमा ल्याएको छ । “डिजिटल जनकपुरधामको योजना साकार पार्न अहिले हामीले जनकरधामलाई नजिकबाट जान्नका लागि ‘भिजिट जनकपुर’ एप सञ्चालनमा ल्याइसकेका छौँ”, उपमहानगर प्रमुख साहको भनाइ थियो, “अब यहाँका हरेक घरहरुको डिजिटल ‘कोडिङ’को काम भएमा सुरक्षादेखि हरेक गतिविधिमा सहज पहुँचका लागि टेवा पुग्नेछ ।”

उपमहानगरलाई नागरिक सेवा केन्द्रका रूपमा विकास गर्ने पनि ‘करदेखि घर’ मा सूचना प्रणाली पहुँच र प्रयोगलाई प्रोत्साहन गर्न जरुरी रहेको उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहको भनाइ छ । उनले अभिलेखीकरणलाई व्यवस्थित बनाउँदै योजना तर्जु, अनुगमन, गुनासा व्यवस्थापनलगायतका काममा सहज हुने गरी प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेर अगाडि बढ्न नगरपालिकाले आवश्यक प्रविधि सुधारको काम गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com