काठमाडौं । राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनका लागि बुधबारबाट आचारसंहिता लाग्ने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै फागुन ५ गतेसम्म लागु गर्ने बताए ।
“दुवै पदको निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ,” विज्ञप्तिमा भनिएको छ ।
आचारसंहिता नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ । आउँदो फागुन २५ गते राष्ट्रपतिको र आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचनका संघीय संसद्मा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ मतदाता रहेका छन् ।
राष्ट्रपतिमा आठ दलको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास चन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।







प्रतिक्रिया दिनुहोस्