ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकसय छ वर्षसम्म भएन सङ्गठनात्मक सर्वेक्षण


एबीसी न्यूज
फाल्गुन ११, २०७९ बिहीबार  १ : ४३ बजे

काठमाडौं,११ फागुन । स्थापनाको १०६ वर्ष पूरा हुँदा पनि आयुर्वेद चिकित्सालय नरदेवीको सङ्गठनात्मक सर्वेक्षण हुनसकेको छैन । सर्वेक्षण नहुँदा एक सय शय्याको अस्पतालमा कम्तीमा ४० नर्सको दरबन्दी हुनुपर्नेमा अहिले १६ मात्र नर्स रहेको अस्पतालका निर्देशक डा प्रदीप केसीले राससलाई जानकारी दिनुभयो ।

जनशक्तिको अभावमा सेवा प्रवाहमा पनि समस्या भएको छ । देश सङ्घीय संरचनामा गएपछि विसं २०७६ मा सङ्गठनात्मक सर्वेक्षण हुने विश्वास गरिए पनि पुरानै ‘कपि पेस्ट’ का भरमा चल्नुपर्ने बाध्यता आइलागेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सङ्गठनात्मक सर्वेक्षण नभएका कारण पञ्चकर्म अध्ययन गरेर आउने जनशक्ति भए पनि स्वास्थ्य सेवा नियमावलीमा व्यवस्था नहुँदा वैधानिक रुपमा राख्न सकिएको छैन ।” अस्पतालको बहिरङ्ग विभागमा दैनिक तीन सय बिरामी आउने गरेका छन् । यहाँबाट २३ प्रकारका आयुर्वेदिक औषधि नि:शुल्क वितरण गर्ने गरिएको छ । अस्पताल ‘फार्मेसी’ निर्देशिका अनुसार अस्पतालमा ‘फार्मेसी’ पनि सञ्चालन गरिएको छ ।

यहाँ आठ सय भन्दा धेरै थरिका औषधिको बिक्री हुने गरेको छ । ‘फार्मेसी’मा बजारमाभन्दा निजी औषधि पसलमाभन्दा सस्तोमा औषधि बिक्री हुने गरेको जनाइएको छ । अस्पतालमा ‘सिटस्क्यान’ यन्त्र ल्याउन पनि चालु आर्थिक वर्षमा बजेट विनियोजन भएको छ । यन्त्रको सहयोगमा सेवाग्राहीलाई थप सुविधा दिइने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सम्बन्धित

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com