ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलबारीमा बन्यो प्रहरी अस्पताल, सर्वसाधारणले पनि सेवा पाउने


एबीसी / संवाददाता
फाल्गुन ११, २०७९ बिहीबार  ९ : ०२ बजे

सुन्दरहरैँचा, ११ फागुन । मोरङको बेलबारी–३ मा बुधबार १ नम्बर प्रदेश प्रहरी अस्पतालको प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले उद्घाटन गरेका छन् । तत्कालको आवश्यकता पूरा गर्ने गरी १५ शय्याको अस्पताल उद्घाटन तथा शुभारम्भ गरिएको हो ।

महानिरीक्षक सिंहले १ नम्बर प्रदेशमा प्रहरी तथा भूतपूर्व प्रहरीको सङ्ख्या ठुलो रहेकाले प्रहरी अस्पताल सञ्चालन गरिएको बताए । उनले नाम प्रहरी अस्पताल भए पनि प्रहरीका अतिरिक्त सर्वसाधारण नागरिकले पनि सेवा पाउने उल्लेख गरे । अस्पतालको शुभारम्भले प्रदेशमा रहेका पूर्वप्रहरी कर्मचारी, अशक्त तथा बहालवाला प्रहरी कर्मचारी र आश्रित परिवारसमेतको स्वास्थ्य सेवामा पहुँच पुग्ने उद्देश्यले प्रदेश प्रहरी अस्पताल सञ्चालनमा ल्याइएको उनले बताए ।

कार्यक्रममा प्रदेश अस्पतालसम्बन्धी प्रतिवेदन डा.सरोज सिंहले प्रस्तुत गरेका थिए । उनले अस्पतालमा तत्कालका लागि प्रयोगशाला, एक्सरे तथा आकस्मिक सेवा उपलब्ध गराउनुका साथै अस्पतालमा ११ जना जनशक्ति रहने उल्लेख गरे ।

बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले बेलबारीलाई प्राथमिकतामा राखेर अस्पताल शुभारम्भ गरेकोमा प्रहरी अस्पतालको टिमप्रति विशेष आभार प्रकट गरे । नेपाल प्रहरी प्रदेश संरचनामा रुपान्तरण हुँदै गरेको तथा प्रदेशभरिका प्रहरी कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राख्दै अस्पतालको स्थापना गरी सेवा सुरु गरिएको नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौँका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

सम्बन्धित

ब्रेकिङ: झापा–५ बाट बालेन्द्र शाहको ऐतिहासिक जित, ओली ४९ हजार ६१४ मतान्तरले पराजित

झापा–५ मा १ लाख ६ हजार मत खस्यो, करिब ६५ प्रतिशत

कोशी प्रदेशमा मतदान प्रगति: सुनसरीमा २५ प्रतिशत, मोरङमा २९.५५ प्रतिशत, धनकुटामा २३ प्रतिशत

झापामा मतदान सुरु भएको एक घण्टामा ७.५ प्रतिशत मत खस्यो: बिहानैदेखि उत्साहजनक सहभागिता

बराहक्षेत्रलाई बाली–मालदिभ्स बनाउँछौं !’ इटहरी सभामा बालेनको घोषणा

चिया इलाम–दमकको, तरकारी बोर्डर पारीको !’ इटहरीमा बालेनको व्यंग्यात्मक प्रश्न, रविको गगनलाई कटाक्ष : ‘२० वर्षपछि बल्ल ज्ञान आयो !’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com