ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुण एयरको सबै उडान रोकियो


abc tv
फाल्गुन ८, २०७९ सोमबार  ३ : ०४ बजे

काठमाडौं । सरकारले गुण एयरको जहाज ग्राउण्डेड गरेको छ । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले गुण एयरको सम्पूर्ण उडान ग्राउण्डेड गरेको हो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले हवाई सुरक्षा विभागले यात्रु सेवाको विश्वसनीयतामा प्रश्‍न उठाएपछि तत्कालका लागि उडानमा रोक लगाएको बताए। प्राधिकरणले सोमबार कम्पनीलाई तत्काल उडान नगर्न पत्राचार गरेको उनले जानकारी दिए।

‘कम्पनीको आर्थिक अवस्था कमजोर हुनका साथै कर्मचारी र विभिन्न क्षेत्रको बक्यौता रहेको देखिन्छ। यस्तो अवस्थामा कम्पनीको उडान सुरक्षा नै प्रभावित हुने देखियो ।

‘हामीलाई केही समयअघि देखि कर्मचारीले गुनासो गर्दै आएका थिए, गुण एयरका सञ्चालकसँग कुरा भएपछि नियमित तबल दिएको पाइएको थियो, उहाँहरुले पुनः सोही गल्ती गरेपछि हामीले उडान रोक्यौँ’, स्रोतले भन्यो, ‘नियमित रुपमा कम्पनीले तबल नदिएपछि हवाई सुरक्षामा असर पर्ने देख्दै अनिश्चित कालका लागि उडान ग्राउण्डेड गरियो ।’

क्यानले जहाज ग्राउण्डेड गरेतापनि गुण एयरले भने जहाजमा प्राविधिक समस्या आएको र पाइटल तालिममा रहेका कारण केही समय उडान बन्द गरिएको जनाउँदै आएको छ ।

फागुन १ गतेदेखि गुण एयरका जहाज ग्राउण्डेड भएका हुन ।

२०७८ को असोजदेखि गुण एयरले नियमित उडान गर्दै आएको छ । सिम्रिक एयरलाइन्सको नामबाट उडान सञ्चालन गर्दै आएकोमा २०७८ को असोजदेखि गुण एयरको नामबाट उडान सुरु भएको थियो ।

गुण एयरले काठमाडौं–पोखरा, भरतपुर, भैरहवा, सिमरामा दैनिक उडान गर्दै आएको छ ।गुणसँग यती एयरसँग किनेको पाँचवटा जेट स्ट्रीम र पुरानो श्रीम्रिक एयरलाइन्ससँग रहेको दुईवटा १८ सिट क्षमताको जहाज गरी सातवटा जहाज छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

जितेन्द्र देवको पुनः एमाले बहिर्गमन : व्यक्तिवाद, मधेश राजनीति र एमालेको आन्तरिक संकट

सम्बन्धित

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

जितेन्द्र देवको पुनः एमाले बहिर्गमन : व्यक्तिवाद, मधेश राजनीति र एमालेको आन्तरिक संकट

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com