ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप लिग–२ : पहिले बलिङ गर्दै नेपाल


एबीसी / संवाददाता
फाल्गुन ६, २०७९ शनिबार  ८ : ४९ बजे

काठमाडौँ, ६ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा भइरहेको त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको तेस्रो खेलमा नेपालले नामिबियाविरूद्ध टस जितेर पहिले बलिङ रोजेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केहीबेरमा खेल सुरू हुने छ । नेपाल लतातार तेस्रो जितको खोजीमा हुने छ भने नामिबिया नेपाल भ्रमणमा पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने छ ।

सुरूवाती दुई खेलमा सानदार जित हात पारेको नेपालको मनोबल उच्च छ । नेपाल त्यहिँ नतिजालाई निरन्तरता दिँदै एकदिवसीय मान्यता मजबुत बनाउन चाहन्छ ।

नेपालले पहिलो खेलमा नामिबियालाई २ विकेटले पराजित गरेको थियो । २८६ रनको विजयी लक्ष्य पूरा गर्दै नेपालले इतिहास रचेको थियो । जुन योगफल नेपालले पूरा गरेको गरेको सर्वाधिक ठुलो योगफल थियो ।

शुक्रबार दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो ।

नेपाल २६ खेलबाट १० मा जित र १४ हारसहित २२ अंकका साथ छैटौँ स्थानमा छ । नेपाल शीर्ष तीनमा पर्न बाँकी १० खेल जित्नैपर्ने हुन्छ । एकदिवसीय मान्यता जोगाउन नेपालले कम्तिमा ७ खेल जित्नुपर्ने हुन्छ ।

उता नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हारसहित ३७ अंकका साथ तेस्रो स्थानमा छ । शीर्ष ३ मा रहँदै सोझै ग्लोबल छनोट खेल्न नामिबियालाई बाँकी खेल जित्नुपर्ने दबाब छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

सम्बन्धित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com