ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यस आर्थिक वर्षभित्र ‘उज्यालो तनहुँ’ घोषणा गरिने


एबीसी न्यूज
फाल्गुन १, २०७९ सोमबार  २ : ०७ बजे

काठमाडौं, १ फागुन । विद्युत् प्राधिकरण, तनहुँ विरतण केन्द्र दमौलीले जिल्लालाई ‘उज्यालो तनहुँ’ घोषणा गर्ने भएको छ ।

विद्युत् पहुँच नपुगेका क्षेत्रमा विद्युतीयकरण गरी यसै वर्षभित्र अन्धकारमुक्त जिल्ला घोषणा गर्न लागेको हो ।

देवघाट गाउँपालिकाका केही वडामा विद्युत् पहुँच पुग्न बाँकी रहेकाले विद्युत बिस्तारको कार्य तिव्र गतिमा भइरहेको वितरण केन्द्रका प्रमुख मेखराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार देवघाटका केही वडामा बाहेक सबै क्षेत्रमा विद्युतीयकरण भइसकेको छ ।

बन्दीपुर–६ स्थित साराङघाटमा ३३/११ केभी क्षमताको ट्रान्समिटरको काम भइरहेकाले उक्त काम सम्पन्न हुनेबित्तिकै सबस्टेशन सञ्चालनमा ल्याई देवघाट क्षेत्रमा विद्युत सप्लार्यस गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

देवघाट गाउँपालिकाको वडा नं १ को जामुने देउसरामा पचहत्तर, वडा नं २ को डिहीमा बीस, च्यापिङ्गा चालिस, वडा नं ३ को साविडाँडामा बीस, क्वादी फस्टेपानीमा साठी घरमा विद्युत् पहुँच पुर्‍याउन बाँकी छ ।

“ती वडामा विद्युत् विस्तारका लागि चार वटा विद्युत् खम्बा आवश्यक छ”, उहाँले भन्नुभयो । त्यस्तै वडा नं ४ मा बजेट माग गरेर टेन्डरमार्फत तार टाँग्ने काम भइरहेको छ । उहाँले भन्नुभयो, “एक/दुई घरमा विद्युत् पुर्‍याउन धेरै खम्बा आवश्यकपर्ने स्थानमा विद्युत् विस्तार गरिएको छैन् ।”

जिल्लामा कूल ४३ हजार विद्युत्का ग्राहक छन् । विद्युत् प्राधिकरण, तनहुँ विरतण केन्द्र दमौलीले रू ३८ लाख १५ हजार सात सय २३ विद्युत् महसुल बक्यौता रहेको जनाएको छ ।

विसं २०७९ साउन १ देखि पुस मसान्तसम्म रू ३८ लाख १५ हजार सात सय २३ विद्युत् महसुल बक्यौता रहेको छ भने रू ९० लाख ९० हजार दुई सय ७७ महशुल शुल्क असुली गरिसकेको सो केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बजेटमा दोस्रो पुस्ता अनिवार्य ः अर्थविद् , नर बहादुर थापा भिडियो

त्रिवि क्रिकेट मैदान खाली गर्न त्रिभुवन विश्वविद्यालयको ३५ दिने अल्टिमेटम

सम्बन्धित

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com