ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रियल मड्रिडले जित्यो क्लब वर्ल्डकप


एबीसी / संवाददाता
माघ २९, २०७९ आईतबार   ७ : ४१   बजे

काठमाडौँ, २९ माघ । रियल मड्रिड फिफा क्लब विश्वकप च्याम्पियन बनेको छ । साउदी अरेबियाको अल हिलालमाथि ५–३ गोल अन्तरको जित निकाल्दै स्पेनिस क्लब मड्रिड पाँचौँपटक क्लब विश्वकपको च्याम्पियन बनेको हो ।

मोरक्कोको रावतस्थित स्टेड प्रिन्स मोउले अब्दल्लाहमा शनिबार राति मड्रिडलाई च्याम्पियन बनाउन भिनिसियर जुनियर र फेडे भाल्भेर्डेले २–२ तथा कप्तान करिम बेन्जेमाले एक गोल गरे । अल हिलालका लुसियानो डारियो भिट्टोले दुई तथा मोउसा मारेगाले एक गोल गरेका थिए ।

यस सिजन मड्रिडले जितेको यो दोस्रो उपाधि हो । अगस्टमा मड्रिडले युरोपेली सुपरकप जितेको थियो ।

खेलको १३औँ मिनेटमा भिनिसियसले गोल गर्दै मड्रिडलाई सुरूवाती अग्रता दिलाएका थिए । १८औँ मिनेटमा फेडे भाल्भेर्डेले गोल गर्दै मड्रिडको अग्रता दोब्बर पारे ।

२६औँ मिनेटमा अल हिलालका मोउसा मारेगाले गोल गरेपछि पहिलो हाफ २–१ को स्थितिमा पुर्‍याए ।

५४औँ मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गर्दै रियललाई ३–१ ले अघि बढाए । ५८औँ मिनेटमा फेडे भाल्भेर्डेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै मड्रिडलाई ४–१ को स्थितिमा पुर्‍याए ।

६३औँ मिनेटमा लुसियानो डारियो भिट्टोले गोल गर्दै अल हिलाललाई खेलमा फर्कने संकेत दिए । तर, ६९औँ मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौँ गोल गरे ।

७९औँ मिनेटमा लुसियानो डारियो भिट्टलो व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

पछिल्ला १० संस्करण युरोपियन क्लबले मात्रै क्लब विश्वकपको उपाधि जितेका छन् । उपाधि नजिक पुगेको अल हिलाल क्लब विश्वकप जित्ने पहिलो एसियाली टोली बन्न चुकेको छ ।

पाँचौँ पटक फाइनल पुगेको मड्रिड पाँचैपटक च्याम्पियन बनेको हो । यसअघि, सन् २०१४, २०१६, २०१७ र २०१८ मा उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

विश्वकप डायरी : इङ्ग्ल्यान्डको शक्तिशाली सन्देश, घानाको संघर्षपूर्ण जित र पोर्चुगलको अप्रत्याशित ठेस

विश्वकप २०२६ : इन्जुरी समयमा यिरेन्कीको गोल, घानाले पानामामाथि १–० को नाटकीय जित

योआने विस्साले पोर्चुगललाई रोके, डीआर कंगोले ५२ वर्षपछि विश्वकपमा ऐतिहासिक पहिलो अंक जित्यो

केनको दोहोरो प्रहार, बेलिङ्घमको जादु र रासफोर्डको अन्तिम चोट — क्रोएसियामाथि इंग्ल्यान्डको ४–२ को रोमाञ्चक जित

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

विश्वकप : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत, अल्जेरियामाथि ३–० को सहज जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group