ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल, युक्रेन र अफगानिस्तान जस्तै हुने संघारमा – शम्भुराम सिंखडा


ABC NEWS

‘चीन र भारत पावरफुल, नेपाल झनै निरिह’

काठमाडौं, २५ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएको डेढ महिना बितिसकेको छ । यो अवधिमा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको समर्थन कायम राखेर आफ्ना सबै मन्त्रीहरु फिर्ता बोलाइसकेको नयाँ परिस्थिती निर्माण भइसकेको छ । यसैबीच, परराष्ट्र मन्त्रालयको नेतृत्वमा छिन् डा. विमला राई पौड्याल । उनी नेकपा एमालेका तर्फबाट परराष्ट्रमन्त्री छिन् । परराष्ट्रमन्त्री पौड्याल अहिले विदेशी कुटनीतिक एवम् परराष्ट्र मामिलाका जानकारहरसँग भेटघाट गर्दै आएकी छिन् । यद्दपि, नेपालको विदेश नीतिका सन्दर्भमा यस क्षेत्रसँग सम्बन्धित विज्ञहरुले लामो समयदेखि चिन्ता प्रकट गर्दै आएका छन् । देशको आन्तरिक राजनीतिक स्थीर हुन नसक्दा, राष्ट्रिय स्वार्थ र हितका सन्दर्भमा प्रमुख राजनीतिक दलहरुबीच सहमति नजुट्दा यसले गम्भिर खालको परिस्थिती निर्माण गर्दै लगेको उनीहरुको भनाइ छ । यसै सन्दर्भमा एबीसी टेलिभिजनको विशेष कार्यक्रम ‘आउटलूक’ मा कुटनीतिक जानकार एवम् परराष्ट्रविद् डा. शम्भुराम सिंखडासँग प्रधानसम्पादक शुभ शंकर कँडेलसँग गरिएको संवादमा आधारित आलेखः

परराष्ट्रविद् डा. शम्भुराम सिंखडाले अन्तरवार्ताका क्रममा नेपाल पनि युक्रेन, अफगानिस्तान जस्तै बन्ने संघारमा रहेको बताए । बृहत विश्व परिवेश, विश्व अर्थराजनीति कस्तो हुने हो भन्ने सन्दर्भमा नेपालमा पछिल्लो समय आन्दोलनबाट प्राप्त परिवर्तन र अत्यन्तै महत्वपूर्ण उपलब्धिहरु जसरी अगाडि बढ्नसक्नुपर्ने हो त्यसरी अघि बढ्न नसकेको उनले बताए । उनले भने, ‘युटर्न जस्तो हाम्रो यस्तो किसिमको यति महत्वपूर्ण विश्वव्यापीरुपमा नयाँ परिवेश सुरु भएको छ । स्वतन्त्र राष्ट्रको रुपमा उदय भयौं । भारतमा उपनिवेश थियो । अहिले चीन उदयमान दोस्रो ठूलो शक्तिको रुपमा छ, भारत आफैं यो प्रतिस्पर्धामा कसरी जान्छ । आन्तरिक परिवर्तनलाई जान्यो देश, स्वीट्जरल्याण्ड जस्तो हुन्छ, रुपान्तरण हुन समय लाग्दैन । युक्रेन, अफगानिस्तान, युगोस्लाभिया हुने त्यसरी नै हो, त्यो संघारमा हामी छौं ।’

चीन र भारत पावरफुल, नेपाल झनै निरिह ः

प्रचण्ड नेतृत्वको नयाँ सरकार बन्ने बित्तिकै अमेरिका लगायत विदेशी अधिकारीको भिजिट सन्दर्भमा डा. सिंखडाले नेपालप्रति विश्वका सबै शक्ति राष्ट्रको चासो बढ्नु एक त, नेपालप्रतिको सद्भावले हुनसक्ने वा, आन्तरिक राजनीतिक घटनाक्रम र राष्ट्रिय शक्तिलाई कसरी प्रभाव पार्छ भन्ने कुराले पनि अतिथीको आगमन हुनसक्ने उनले बताए ।

उनले भने, ‘आफ्नो इन्ट्रेस्टलाई कसरी प्रभावित गर्छ भन्ने मूल कुरा हो । रणनीतिक, आर्थिक, वैचारिक र राजनीतिक पक्ष छ । अहिले विश्व प्रमुद दुई दर्शनबाट, युरोपमा सोभियत युनियनको पतन भयो । यो लिबरल डेमोक्रेसी भन्ने सोचाँइ, दृष्टिकोण छ, त्यसलाई एड्रेस नगर्ने हो भने, अहिले त्यही प्रमाणित भयो”, राजनीतिक जसरी विकास भइरहेको छ, परराष्ट्र नीतिमा त्यो खाले एकाङ्कीपन छ जस्तो नलाग्ने उनको धारणा छ ।

देशको आन्तरिक राजनीति यति अस्थीर भएका कारण सरकार र गठबन्धनको स्थिती, प्राकृतिक विदेश नीति एक किसिमले आत्मकेन्द्रीत रहेको विचार उनी राख्छन् । ‘राष्ट्रिय शक्तिको राष्ट्रिय स्वार्थमा कसरी प्रयोग गर्ने भने, राष्ट्र भनेको त, आधारमा जनता हुन् । परिवारमा संस्थागत संरचना हुन्छ । सरकार स्वयम् एउटै कुरामा यति व्यस्त भयो कि, सोच पनि छैन । त्यसपछि आफ्नो इन्ट्रेस्टतिर बढी केन्द्रीत गर्ने । राष्ट्रको जे सुकै होस्, दुइटा छिमेकी झन्–झन् पावरफुल हुनै गएको छ । हामी पछाडि तल खसेका छौं तुलनात्मक रुपमा । बृहतरुपमा सोचनिय कुरा यो हो कि, झन्–झन् निरिह हुदै जान्छौं नि !’

आर्थिक कारणले राजनीतिक कारणलाई गाइड गर्ने भन्दै उनले यी निर्णायक कुरामा पावर प्रभाव पार्ने बताए । दार्शनिकरुपमा यसो हेर्दा, अहिले यत्रो ठूलो समस्या हुने नभएपनि जतिगरेपनि आइडियोलोजी परिवर्तन नहुने धारणा उनले राखे । ‘बौद्विक, वैचारिक बहस छदैछ । पहिलो कुरा विदेश नीतिलाई आइडियोलाइज गर्न भएन, यो एक किसिमको प्र्याग्म्याटिक छ । आन्तरिक विवाद जब चुलिन्छ नि, उनीहरु त्यसरी व्याख्या गर्न चाहन्छन् । नेपाल सरकारले आधिकारिक रुपमा त्यसरी कहिले पनि गरेका छैनन् । परराष्ट्र नीति राजनीतिक दर्शन, सिद्वान्तको आधारमा यथार्थ हो, जसरी राख्नपर्ने त्यसरी राख्न सकेको छैन”, उनले भने ।

डा. सिंखडाले राष्ट्रिय हित र स्वार्थका प्रमुख एजेण्डा वा विषयमा प्रमुख दलहरुबीच सहमति हुनुपर्नेमा जोड दिए । यस विषयमा आफूले विगतदेखि विचारएवम् धारणा राख्दै आएको पनि उनले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com