ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बोक्सीको आरोप लाउने दुईजनालाई पाँच वर्ष कैद सजाय


एबीसी / संवाददाता

ओखलढुंगा, २४ माघ । ओखलढुंगा जिल्ला अदालतले बोक्सीको आरोप लगाउनेलाई कैद सजायको फैसला गरेको छ । जिल्लाको मोलुङ गाउँपालिका–१ की ६४ वर्षीया एक वृद्धालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा सोही स्थानका दुई जनाविरुद्ध कैद सजायको फैसला भएको हो ।

बोक्सीको आरोप लगाई वृद्धालाई आगोले पोल्ने ५० वर्षीय दीपक विश्वकर्मा र २७ वर्षीया मुना विश्वकर्माविरुद्ध अदालतले कैद र जरिवानाको फैसला गरेको हो । जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले दीपकलाई पाँच वर्ष कैदसहित ६० हजार जरिवाना र मुनालाई पाँच वर्ष कैदसहित ५० हजार जरिवानाको फैसला गरेको छ ।

सोही घटनामा संलग्न एक १७ वर्षीया किशोरीको हकमा उनका अभिभावक झिकाई वास्तविक अवस्था बुझी बाँकी कारबाहीको प्रक्रिया अगाडि बढाउने अदालतले जनाएको छ । पीडितलाई नगद ६० हजार क्षतिपूर्ति तिर्नुपर्ने फैसलासमेत भएको छ । दीपकले ३० हजार, मुनाले १५ हजार र १५ हजार स्थानीय तहले पीडित महिलालाई दिनुपर्ने अदालतबाट फैसला भएको ओखलढुंगा जिल्ला अदालतका स्रेस्तेदार नवीन खनालले बताए । बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ को दफा (१२) २ मा उल्लेख भएको व्यवस्थाअनुसार सम्बन्धित स्थानीय तहले १५ हजार व्यहोर्नुपर्ने फैसला भएको स्रेस्तेदार खनालको भनाइ छ ।

विसं २०७५ वैशाख ८ गते दीपक, मुना र एक किशोरीले बोक्सीको आरोप लगाई वृद्धालाई कुटपिट गर्दै आगोले पोलेका थिए । पीडित वृद्धाले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामार्फत् न्यायका लागि चार वर्षअघि जिल्ला अदालतमा मुद्दा दर्ता गराएकी थिइन् ।

जिल्ला न्यायधिश आचार्यको इजलासले बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ को दफा (३) १ (छ) बमोजिम कसुर ठहर गर्दै अदालतले सजाय तोकेको हो । जिल्लामा बोक्सी आरोपका थुप्रै घटना मिलापत्रमा टुङ्ग्याउने गरिए पनि अदालतमा पुगेको यो मुद्दा भने पीडितकै मागदाबीअनुसार फैसला भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

धरानमा डेंगुको महामारी : २ महिनामा ७ जनाको निधन

खुकुरी प्रहार गरी युवतीको हत्या, युवक गम्भीर घाइते

अरुण तेस्रो प्रवेश मार्गको छुट जग्गाको मुआब्जा दर निर्धारण

चौतर्फी विरोधपछि सांसदहरूलाई ल्यापटप बाँड्ने योजनाबाट पछि हट्यो कोशी प्रदेशसभा

नक्कली भुटानी प्रकरणमा मुछिएकालाई कारबाही गर्न शरणार्थीको माग

हटिया खाली गराउन बिर्तामोडमा चल्यो डोजर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com