ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिया निर्यातबाट बर्सेनि तीन करोड विदेशी मुद्रा आर्जन


एबीसी / संवाददाता
माघ २४, २०७९ मंगलबार   ७ : १२   बजे

झापा, २४ माघ । चिया निर्यातबाट बर्सेनि तीन करोड ८० लाख विदेशी मुद्रा आर्जन भइरहेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा वार्षिक दुई करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै आएको छ । सो मध्ये ०.५० प्रतिशत चिया आन्तरिक बजारमा खपत हुने गरेको बोर्डका प्रमुख इन्द्रप्रसाद अधिकारीले बताए।

उनले नेपालमा २७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा चियाको खेती हुँदै आएको बताए । त्यसमध्ये झापामा मात्र १० हजार पाँच सय हेक्टर जमिनमा चियाखेती हुँदै आएको उनको भनाइ छ । उनले भने, “मुलुकमा उत्पादित चियामध्ये ९९ प्रतिशत प्रदेश नं १ मा हुने गरेको छ ।” प्रमुख अधिकारीले प्रदेश नम्बर १ मध्ये झापामा सबैभन्दा बढी वार्षिक एक करोड ८० लाख केजी चिया उत्पादन हुने बताए ।

नेपालमा चिया उत्पादन गर्ने ३० अर्थोडक्स र ३८ सिटीसी गरी ६८ वटा ठूला चिया उद्योग रहेको उनको भनाइ छ । उनले मुलुकमा १५० भन्दा बढी साना अर्थोडक्स प्रशोधन उद्योग सञ्चालनमा रहेको जानकारी दिए । बोर्डको तथ्यांकमा मुलुकमा १६० वटा भन्दा बढी चिया बगान रहेका छन् । पन्ध्र हजारभन्दा बढी साना किसानले चियाखेती गर्दै आएका छन् भने ७० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको बोर्डको दाबी छ ।

प्रमुख अधिकारीले देशभरमा १७ हजार बढी चिया कृषक चियाखेतीमा आबद्ध रहेको जानकारी दिए । उनले पहाडी भू–भागमा उत्पादित अर्थोडक्स चियाका लागि सरकारले ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालय’ नाम ट्रेडमार्क जारी गरेको बताए ।

उनले झापामा उत्पादित सिटीसी चियाका लागि समेत ‘ट्रेडमार्क’ जारी गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । चिया क्षेत्रमा वर्षौँदेखि पहल गरे पनि ‘अक्सन सेन्टर’ सञ्चालनमा आउन नसक्दा चिया सरोकारवाला चिन्तित छन् । प्रभावकारी गुणस्तरीय ट्रेडमार्क प्रमाणीकरण, चियाको गुणस्तरमा एकरुपता र गुणस्तरीय हरियो चियापत्ती टिपाइमा प्रोत्साहन कार्यक्रम लागू गर्न सके चिया क्षेत्रलाई राहत हुने नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

असार १ भित्र बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार सातै प्रदेशको बजेट आज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group