ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रविले आफू मन्त्री बन्न नपाउनेभएपछि रास्वपाका सबै मन्त्री फिर्ता बोलाउने, सरकारलाई दिएको समर्थन भने यथवात !


ABC NEWS

काठमाडौं २२ माघ । सत्तारुढ एमाले अध्यक्ष केपी शर्मा ओलीको आडभरोसामा सांसद पद गएपछि पनि मन्त्री हुने कोशिश असफल भएपछि रवि लामिछानेले सरकारमा सहभागी आफ्ना ३ ना मन्त्रीलाई फिर्ता बोलाउने भएका छन ।
आइतबार विहान प्रधानमन्त्री प्रचण्डसंग भएको छलफलमा आफूलाई मन्त्री बनाउन जति कोशिश गरेपनि प्रचण्ड तत्काल दोहोरो राहदानी विवाद समाधान नभएसम्म मन्त्री बनाउन नसक्ने बताएपछि रविले आफ्ना मन्त्री सरकारबाट फिर्ता बोलाउने निर्णयमा पुगेका छन् ।

प्रधानमन्त्रीसंगको भेट लगत्तै सामजिक सञ्जालमामार्फत लामिछानेले आज बस्ने पार्टीको बैठकले ठोस निर्णय लिने र लगत्तै पार्टी कार्यालयबाट विशेष पत्रकार सम्मेलन गर्ने जनाएका हुन्।

उनले लेखेका छन् ‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यसलगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ।’

लामिछानेले सरकारबाट मन्त्री फिर्ता गर्न प्रधानमन्त्री प्रचण्डले रास्वपामा गृहमन्त्री चलाउन सक्ने मान्छे कोही नभएको भन्दै हेपेको भनेर आफ्ना सांसद र केन्द्रीय सदस्यहरुलाई उत्तेजित बनाएका छन् । समाचार स्रोतका अनुसार प्रधानमन्त्रीसंगको भेटमा लामिछानेले आफुले रास्वपाका मन्त्री सरकारबाट फिर्ता बोलाउने तर राष्ट्रपतिको निर्वाचनसम्म सरकारलाई दिएको समर्थन भने फिर्ता नगर्ने भन्दै हिंडेका थिए ।
प्रधानमन्त्री प्रचण्डले गृहको बदलामा रोजेको मन्त्रालय लिएर पार्टीका कुनै सांसदलाई मन्त्रीमा पठाउन गरेको प्रस्तावलाई लामिछानेले अस्वकिार गरेका थिए । लामिछानेले आफू सरकारमा सहभागी हुन नपाउने हो भने आफ्ना कोही पनि व्यक्ति मन्त्री नहुने भन्दै प्रधानमन्त्री प्रचण्डलाई सरकारबाट बाहिरिने आफ्नो निर्णय सुनाएका थिए ।
रास्वापाको पार्टीको शनिबार राति बसेको आकस्मिक बैठक निष्कर्षमा पुग्न नसकेपछि आज पनि बैठक बस्दैछ ।

सर्वोच्च अदालतले नागरिकता मुद्दामा उनलाई अनागरिक ठहर गरेपछि उपप्रधान तथा गृहमन्त्रीबाट उनी हट्नुपरेको थियो। तर रास्वपाले गृहमा आशक्ति देखाइरहेको छ। लामिछानेले आफूले बनाएको पार्टीबाट आफू बाहिर बसेर कोही मन्त्री बन्न नसक्ने स्पष्ट गरिदिएका छन् ।
यही घटनाबाट एमाले–माओवादीको गठबन्धन पनि राजनैतिक रुपमा टुट्ने तहमा पुगेको छ। तर पनि प्राविधिक रुपमा दुई हप्ताजति एमाले–माओवादी गठबन्धन रहनेछ माओवादीका एक नेताले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com