ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साउदी प्रो लिगमा रोनाल्डोका पहिलो गोल, हारबाट जोगियो अल नासर


एबीसी / संवाददाता
माघ २१, २०७९ शनिबार   ८ : ४०   बजे

काठमाडौँ, २१ माघ । पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोले ‘साउदी प्रो लिग’ मा पहिलो गर्दा अल नासर हारबाट जोगिएको छ । गएराति अल फतेहसँग २–१ गोलले पछि परेको अवस्थामा रोनाल्डोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

प्रिन्स अब्लुल्लाह स्पोर्टस सिटी स्टेडियममा भएको खेलको १२औँ मिनेटमा नै घरेलु टोली अल फतेहले खेलमा अग्रता लिएको थियो । अल फतेहका लागि क्रिस्टियान टेलोले गोल गरेका हुन् ।

त्यसलगत्तै रोनाल्डोले गोल गरे पनि मान्यता पाएन । तर, ४२औँ मिनेटमा ब्राजिलियन खेलाडी तालिकाले गोल गर्दै खेललाई पहिलो हाफमा बराबरीमा ल्याए ।

दोस्रो हाफमा पुनः घरेलु टोलीले अग्रता बनायो । ५८औँ मिनेटमा सोफियान बनडेब्काले गोल गरे ।

इन्जुरी समयमा अल नासरले पेनाल्टीको मौका पाएको थियो । जसमा रोनाल्डोले कुनै गल्ती गरेनन् । खेल सकिन केही समय अगाडि तालिस्का रातो कार्ड पाएर मैदान बाहिरिएपछि अल नासर १० खेलाडीमा समेटिएको थियो ।

गत महिना २०० मिलियन युरोमा साउदी पुगेका रोनाल्डोले आफ्नो पहिलो खेलमा गोल गर्न भने चुकेका थिए । यो नतिजासँग अल नासर तालिकाको शीर्ष स्थानमा उक्लेको छ । उसको १५ खेलबाट ३४ अंक छ ।

एक खेल बढी खेलेको दोस्रो स्थानको अल सबाबको समान ३४ अंक छ । अब अल नासरले आगामी बिहीबार अल वेदाको भ्रमण गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लुम्बिनीले ल्यायो ३७ अर्ब ३८ करोडको बजेट, यस्ता छन् प्राथमिकता (पूर्णपाठ)

गण्डकी सरकारले एक अर्ब बढाएर ल्यायो बजेट (पूर्णपाठ)

सम्बन्धित

विश्वकप २०२६ : स्विडेन र जर्मनी चम्किंदा इक्वेडर स्तव्ध, नाटकीय पुनरागमन र अन्तिम क्षणका नायकहरू

स्विडेनको गोलवर्षा, ट्युनिसियामाथि ५–१ को सहज जित

आइभोरी कोस्टको नाटकीय जित, अतिरिक्त समयमा डियालो बने नायक

विश्वकपको पहिलो खेलमै जर्मनीको ७–१ को प्रभावशाली जित, तर सानो टापु राष्ट्रको ऐतिहासिक गोलले सबैको मन जित्यो

अन्तिम समयमा जापानको शानदार पुनरागमन, नेदरल्यान्ड्ससँग २–२ को रोमाञ्चक बराबरी

अस्ट्रेलिया २–० टर्की: इरानकुन्डाको चमक र योजनाबद्ध खेलले दिलायो ठूलो जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group