ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यातायातका साधनमा रोक लगाएपछि दार्जिलिङमा खाद्यान्न संकट


admin
असार ३०, २०७४ शुक्रबार  ७ : ४३ बजे

दार्जिलिङ  असार । भारतको पश्चिम बंगाल राज्य सरकारले दार्जिलिङमा यातायातका साधनमा रोक लगाएपछि दार्जिलिङमा खाद्यान्न संकट उत्पन्न भएको छ ।
आन्दोलनकारीको बन्द, हड्ताल र सरकारले खाद्यान्न ढुवानीमा रोक लगाएपछि दार्जिलिङमा खाद्यान्न संकट भएको हो ।
पश्चिम बंगाल राज्य सरकारले बंगालका विद्यालयहरुमा बंगाली भाषा अनिवार्य लागू गरेपछि करिव डेढ महिनादेखि दार्जिलिङ आन्दोलनमय छ । यस अवधिमा ६ जना आन्दोलनकारीहरुको प्रहरीको गोलीबाट मृत्यु भइसकेको छ । बंगाली भाषा अनिवार्य पढ्नै पर्ने सरकारी आदेशपछि दार्जिलिङका नेपाली भाषीहरुले त्यसको विरोध गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनमाथि ममता बेनर्जी सरकार दमनमा उत्रिएपछि शान्तिपूर्ण आन्दोलन हिंसात्मक बन्यो । सरकार दमनमा उत्रिएपछि आन्दोलनकारीहरुले आन्दोलनलाई अस्मिताको लडाइका रुपमा लिएका छन् । उनीहरुले अब गोर्खाल्याण्ड राज्यको स्थापनापछि मात्र आन्दोलन रोकिने बताएका छन् । आन्दोलनमा गोर्खा जनमुक्ति मोर्चा, भारतीय गोर्खा परिसंघ, अखिल भारतीय गोर्खा लिग, हिल कंग्रेस, गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, गोर्खा राष्ट्रिय निर्माण मोर्चा, भाजपा हिल, दार्जिलिङ–डुबर्स युनाइटेड डेभलपमेन्ट फाउण्डेसन, जनआन्दोलन पार्टी र क्रान्तिकारी माक्र्सवादी कम्युनिष्ट पार्टी एक भएका छन् ।
दशवटा संगठनको मोर्चा बनेपछि दार्जिलिङको आन्दोलनलाई अहिले सन् १९८६ को आन्दोलनजस्तै भएको विश्लेषण गर्न थालिएको छ । गोर्खाल्याण्ड आन्दोलन भारत स्वतन्त्र भएपछि नै सुरु भएको हो । सन् १९५५ मा गोर्खा लिगले नेपाली भाषी बहुल क्षेत्र दार्जिलिङ छुट्टै राज्य हुनुपर्छ भन्दै तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुलाई ज्ञापनपत्र बुझाएको थियो. । यसपछि सन् १९८६ देखि सुवास घिसिङ नेतृत्वको गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले करिव ५ वर्ष आन्दोलन ग¥यो । त्यो आन्दोलनमा सयौं जनाले मृत्युवरण गरे ।
आन्दोलन गोर्खा हिल काउन्सिल स्थापना गर्ने सहमतिसगै सेलायो । यसको करिव दुई दशकपछि बिमल गुरुङको अगुवाइमा पुनः गोर्खाल्याण्ड आन्दोलन भएपनि गोर्खाल्याण्ड स्थापना हुन सकेन । आन्दोलन गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन स्थापना गर्ने सम्झौतापछि स्थगन भयो । यो सम्झौताले पनि गोर्खाल्याण्ड स्थापनाको आन्दोलनलाई पूर्णरुपमा समाधान गर्न सकेन । गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन स्थापना भएको ६ वर्षपछि पुनः आन्दोलन उठेको छ । यस पटक भने गोर्खाल्याण्ड स्थापना गरेरै आन्दोलन सकिने आन्दोलनकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रहरीलाई सरकारले दियो १९५ गाडी, चुनावमा अपुग ३ हजार वटा भाडामा लिने तयारी

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

सम्बन्धित

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

बंगलादेश: १७ वर्ष निर्वासनपछि लन्डनबाट फर्किएका तारिक रहमान प्रधानमन्त्री बन्ने पक्का, ‘बेगमहरूको युद्ध’ को अन्त्य ?

बंगलादेशमा खालिदा जियाको पार्टी बीएनपीलाई बहुमत, भारत अमेरिकाबाट बधाई !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com