ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोरखाबाट सिधै प्रधानमन्त्री प्रचण्ड बालकोट पुगे, कांग्रेसको विश्वासको मतबारे मन्थन


ABC NEWS

 

काठमाडौं २७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीसाँग छलफल गर्न गोरखाबाट सिधै ओली निवास बालकोट पुगेका छन् । आज अपरान्ह प्रधानमन्त्री प्रचण्ड गोरखा महोत्वसको उद्घाटन गर्न गोरखा पुगेका थिए ।

बुधबार साँझ प्रधानमन्त्री प्रचण्ड ओली निवास पुगेर मंगलबार संसदमा कांग्रेसले विश्वासको मत दिएर के गर्न खोजेको हो भन्ने बारेमा ओलीले चासो राखेको विषयमा छलफल भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले संसद विघटन सही कि गलत भन्ने लफडमा नपर्न ओलीलाई सल्लाह दिएका छन् । प्रचण्डले कांग्रेसले आफ्नो रणनीति अनुसार विश्वासको मत दिएको कुरालाई एमाले–माओवादी बीचको समझदारीमा प्रवेश गराउन नहुने विषयमा आफू सचेत रहेको प्रचण्डले ओललाई बताएका छन् ।

प्रधानमन्त्रीले मंगलबार संसदमा असाधारण विश्वासको मत पाएपछि मन्त्रिपरिषद् विस्तारका लागि दुई नेताबीच छलफल भएको छ । सत्ता गठबन्धनका अरु दललाई पनि मन्त्रीको नाम माग्ने र दुई दिनभित्र मन्त्रिपरिषद्लाई पूर्णत दिने विषयमा सहमति भएको छ ।
दुई नेताबीचको छलफलमा प्रधानमन्त्री प्रचण्डले एमालेको तर्फबाट सभामुखको उमेद्वारको नामका बारेमा चासो राखेका छन् । ओली सम्भावित ३ जना नेताको नाम प्रचण्डलाई सुनाएको बताइएको छ ।

सभामुखको निर्वाचन माघ ५ गते हुँने कार्यतालिका रहेको छ । प्रधानमन्त्री जस्तै सभामुख पनि दुई दलका बीचमा आलोपालो गर्ने पहिले नै सहमति भएको छ ।
एमाले अध्यक्ष ओलीले पार्टी उपमहासचिव पृथ्वीसुव्वा गुरुंग र सचिव छविलाल विश्वकर्मा मध्ये एकलाई सभामुख पदमा अघि सार्ने बताइएको छ । सांसद विद्या भट्टराईको समते चर्चा भएपनि भट्टराईलाई ओलीले परराष्ट्रमन्त्री बनाउन चाहेका छन् । भट्टराई एमालेको विदेश विभाग प्रमुख राजन भट्टराईकी बहिनी हुन् । उनक पति तथा लोकप्रिय युवा नेता रविन्द्र अधिकारीको ताप्लेजुंग हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।

 

प्रधानमन्त्री प्रचण्डले गोरखा महोत्सवको उद्घाटन गर्दै गोरखाको विकासमा कायपलट हुने प्रतिवद्धता जनाए

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com