ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार जनताको सेवक हो, मालिक होइन : प्रधानमन्त्री प्रचण्ड


ABC NEWS

 

 

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक सेवा सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वास मतका लागि प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री दाहालले विभिन्न सरकारी निकायमा देखिएका बेथिति र ढिलासुस्तीमा सुधार गर्ने प्रतिबद्धता जनाएका हुन् ।

विभिन्न सेवा लिन लामा लाइन लाग्ने गरेको उल्लेख गर्दै हरेक नागरिकले सरकार आफ्नो अभिभावक महसुस हुनेगरी काम गर्ने बताए । उनले भने, ुसरकार मालिक होइन, जनताको सेवक बन्नुपर्छ । सरकारहरू फेरिररहने तर जनताको जीवनस्तर नफेरिने चित्र अब बदल्नु छ । सरकार अब सुनिने, देखिने,जनताले अनुभव गर्ने सेवक बन्नु छ ।

प्रदेश र संघमा आवश्यक कर्मचारी थप्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यातायात व्यवस्था सेवा, सामुदायिक विद्यालय, सरकारी अस्पतालमा देखिएका समस्या तत्काल समाधान गर्ने बताए ।
प्रचण्डले आफू केवल फोटो झुन्ड्याउन मात्र प्रधानमन्त्री नभएको बताएका छन्। संसदमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले भन् पहिलोपटक प्रधानमन्त्री हुँदा केही अलमल र पार्टीसिभत्रको संघर्षले जनताको आशा पूरा हुन नपाएको हो ।

प्रचण्डले आफू दुईपटक प्रधानमन्त्री हुँदा ९–९ महिनाको कार्यकाल हुँदा धेरै कुरा सिकेको बताए ।

“पहिलो पटक प्रधानमन्त्री हुदा न मसँग अनुभव थियो । न टिम थियो, विभाजित मनोदशा र पार्टीभित्रकै संघर्षमा म बढी रुमलिएँ । सिक्दासिक्दै भित्र र बाहिरका घेराबन्दीसँग जुद्धाजुद्धै एउटा अप्रिय अवस्थाबाट मैले राजीनामा दिनुपर्ने अवस्था आयो,” उनले भने ।

त्यस्तै दोस्रो कार्यकालमा मधेशलाई संविधान कार्यान्वयमा विश्वास लिने प्रयास गरेको बताए ।

“दोस्रो कार्यकाल वैदेशिक सम्बन्धमा ठूलो उतारचढाब आएको बेला सुरु भयो । मधेश आन्दोलनमै थियो । संविधानको सफल कार्यन्यवनमा धेरै विश्वास जागिसकेको थिएन । संविधान संशोधनको प्रयासबाट मैले मधेशलाई विश्वासमा लिने कोशिष गरेँ,” उनले भने ।

प्रधानमन्त्रीले दोस्रो कार्यकालमा मूल्य वृद्धि नियन्त्रमा राखिएको, लोडसेडिङ अन्त्य भएको बताए । छोटो कार्यकाल सफल रहेको समेत बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com