काठमाडौं, २२ पुस । नेपाली कांग्रेसका शीर्ष नेताहरू धुम्बाराहीमा छलफलमा जुटेका छन् । सभापति शेरबहादुर देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि बोलाएका हुन् ।धुम्बाराहीस्थित देउवाको निवासमा अहिले छलफल चलिरहेको छ ।
कांग्रेसले सरकारले विश्वास मत लिन लागेको विषयमा छलफल गर्न शनिबार संसदीय दलको बैठक बोलाएको छ । स्रोतकाअनुसार विश्वासको मत दिने वा नदिने भन्ने विषयमा छलफल गर्न शीर्ष नेताहरूको बैठक बसेको हो ।








प्रतिक्रिया दिनुहोस्