ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सप्तरीमा पाँच करोडको लागतमा हेडवर्क निर्माण


admin
असार १२, २०७४ सोमबार  ४ : ३७ बजे

सप्तरी, १२ असार । जिल्ला सिँचाइ कार्यालयले रु चार करोड ४१ लाखको लागतमा स्थानीय बनौली र अर्नाहा गाविसमा सिँचाइ पुर¥याउन हेडबक्स र अन्य सिँचाइ पूर्वाधार निर्माण सुरु गरेको छ ।

आकाशे पानीको भरमा खेती गर्दै आएका बनौली, अर्नाहा र सतबेदाहा नहरशाखाअन्तर्गत पाँची खोलाबाट सिँचाइ गर्न हेडबक्स निर्माणका लागि त्यस क्षेत्रमा पक्की सुलुसगेट, बाँध, हेड रेगुलेटर निर्माण कार्य सुरु भएको सो कार्यालयले जनाएको छ ।

तीन वर्षीय योजनाअन्तर्गत सो कार्यालयबाट भइरहेको हेडबक्स निर्माणले सो शाखाअन्तर्गत करिब ९०० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु-याउने लक्ष्यका साथ सुरु भएको निमार्ण कार्य ६० प्रतिशत पूरा भइसकेको कार्यालय प्रमुख अशोक साहले जानकारी दिनुभयो ।

ठेक्का सम्झौताअनुसार असोज मसान्तसम्म निर्माण कार्य सक्ने लक्ष्य रहे पनि वर्षायामका कारण केही थप समय लाग्नेसमेत उहाँले उल्लेख गर्नुभयो । हेडबक्स निर्माणले बनौली अनौहा र सतबेदाहा शाखाअन्तर्गत ग्रामीण क्षेत्र गहुँबाली, धानबाली, तेलहन, दलहनबाली उत्पादन गर्ने आकाशे पानीको भर नपर्ने उहाँले भन्नुभयो ।

सो क्षेत्रमा यसअघि माटोको कच्ची बाँध बनाएर खेती गर्दै आएका थिए । साथै बाँध नहुँदा वर्षायाममा कच्ची बाँध भत्ँिकदा बाढीले खेती चौपट हुने गरेको स्थानीयवासी बुधनी देवी सरदारले बताउनुभयो । हेडबक्स निर्माणपछि किसानको खेतसम्म पानी पु¥याउन पक्की कुलो, पैनी र कल्भर्ट तथा ड्रम्प निर्माण गनुपर्ने आवश्यकता रहेको सो कार्यालयले जनाएको छ । सो निर्माण कार्यबाट स्थानीयवासी उत्साहित भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देही १ मा रोचक प्रतिस्पर्धा : नयाँ भर्सेस पुराना, तर बहुपक्षीय प्रतिस्पर्धा (तथ्य,व्यक्तित्व र विरासत विस्तृत)

जसपाको चुनावी घोषणापत्र: संविधान पुनरावलोकन आयोग गठनको प्रस्ताव (पूर्णपाठ)

सम्बन्धित

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com