ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी : आकांक्षी धेरै भएपछि मन्त्री चयन गर्न मापदण्ड बनाईंदै


एबीसी / संवाददाता
पुस १३, २०७९ बुधबार  ८ : २६ बजे

काठमाडौं, १३ पुस । सात दल र तीन स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री बन्नुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस मसान्तभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गर्नुभएको छ । प्रचण्ड प्रधानमन्त्री बनेसँगै सत्ता गठबन्धनको ध्यान अहिले शक्ति बाँडफाँडमा केन्द्रित भएको छ । तर सरकारमा जाने आकांक्षी धेरै छन् । यसको व्यवस्थापन गर्न सत्तारुढ दलहरुले मन्त्री चयनको मापदण्ड नै बनाउने भएका छन् ।विगतमा अवसर नपाएका, युवा र सकेसम्म प्रत्यक्षमा निर्वाचितलाई मन्त्री बनाउने गरी मापदण्ड बनाउने दलहरुको तयारी छ । सत्ता गठबन्धनको अध्यक्षस्तरीय संयन्त्रबाट शक्ति सन्तुलनको प्रयास थालिएको छ । गएको सोमवार प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा ८ सदस्यीय मन्त्रिमण्डल गठन भएसँगै सरकारलाई पूर्णता दिनेबारे आन्तरिक छलफल सुरु भएको हो । सत्ता गठबन्धनमा सामेल केही दलले अझै सरकारमा सामेल हुने वा नहुनेबारेमा निर्णय गरिसकेका छैनन् ।

जसपा, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले सरकारमा जानेबारे निर्णय गर्न बाँकी नै छ । मन्त्रीहरूको भागबन्डा गर्दा दलहरूबाट संसद्मा रहेको उपस्थिति र मतभारलाई हेरेर निर्णय गर्ने नेताहरुले बताएका छन् । नयाँ गठबन्धनको बैठक बसेर मन्त्रालय बाँडफाँटको टुङ्गो लगाउने सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बताउनुभएको छ । प्रचण्ड नेतृत्वको सरकारलाई ७ दल र स्वतन्त्र गरी कुल १ सय ६९ जना सांसदको समर्थन छ । संविधानले २५ जना भन्दा बढी मन्त्री बनाउन नपाउने व्यवस्था गरेको छ ।

अहिलेसम्म ८ मन्त्रीले शपथ लिएको अवस्थामा अब १७ मन्त्री थपिन सक्छन् । पहिलो चरणमा माओवादीले सरकारको नेतृत्वसहित एक उपप्रधानमन्त्री लिएको छ । त्यस्तै एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि एकरएक उपप्रधानमन्त्री पाएका छन् । त्यस्तै अहिले मन्त्री बनेकामध्ये एमालेका तीन र जनमत पार्टीका एक जना छन् ।
सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेले सकेसम्म समानुपातिकलाई मन्त्री नबनाउने नीति लिएको छ । त्यस्तै माओवादीले भौगोलिक, जातीय र उमेर समूहको सन्तुलन मिल्ने गरी मन्त्री चयन गर्ने मापदण्ड बनाएको छ । पदाधिकारी बैठक बसेर मन्त्रीको मापदण्ड र नाम टुङ्गो लगाउने माओवादीको तयारी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट सबैजसो सांसद मन्त्री बन्ने गरी लबिङमा छन् । स्वतन्त्र पार्टीबाट प्रत्यक्ष ७ र समानुपातिकमा १३ गरेर कुल २० सांसद छन् । पार्टी सभापति समेत रहेका रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री भएपछि अरु सांसदले पनि मन्त्रीका लागि लबिङ थालेका हुन् । प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका तीन जना स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र किरणकुमार साह पनि मन्त्री बन्न दौडधुपमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

सम्बन्धित

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

‘सुदृढीकरणको’ वृहत् रणनीति

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

राप्रपा वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ: सार्वजनिक खरिद प्रणाली ‘ह्याक’ गरेको आरोप

आफ्नै कम्पनी ‘स्पेसएक्स’ लाई एलन मस्कले कसरी ‘खुत्रुके’ बनाए? यस्तो छ अर्बपतिको भित्री खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com