ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रिपरिषद् विस्तार तथा शक्ति बाँडफाँटमा दलहरु आन्तरिक छलफलमा


एबीसी / संवाददाता

काठमाडौं, १२ पुस । नयाँ सरकार गठनसँगै सत्तारूढ ७ दलले आन्तरिक छलफललाई अगाडि बढाएका छन् । मन्त्रिपरिषद् विस्तार तथा शक्ति बाँडफाँटको विषयमा सत्तागठबन्धनले अध्यक्षस्तरीय संयन्त्रमार्फत् टुङ्गो लगाउने भएको छ । सरकारलाई समर्थन गरेका ७ मध्ये ३ दल जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी अहिले सरकारमा सहभागी छैनन् ।

पर्ख र हेर को रणनीति लिएको जसपा नेपालले सरकारमा जाने या नजानेबारे राजनीतिक समितिको बैठकपछि मात्र तय गर्ने भएको छ ।पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरे पनि जसपाले सरकारमा सहभागी हुने या नहुने निर्णय गरिसकेको छैन । आउँदो पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकमा यसबारेमा छलफल हुने जसपाको प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । जसपाले अहिलेसम्म पार्टीको संसदीय दलको नेता समेत चयन गरेको छैन ।

प्रतिनिधि सभामा जसपाको १२ सिट रहेको छ ।प्रधानमन्त्रीमा नियुक्त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जसपासहित ७ दल र तीन स्वतन्त्र सांसदको समर्थन रहेको छ । नयाँ गठबन्धनमा रहेका दलमध्ये एमालेको ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राप्रपाको १४, जसपाको १२, जनमत पार्टीको ६ र नागरिक उन्मुक्ति पार्टीको ४ सिट रहेको छ । त्यस्तै तीन जना स्वतन्त्र सांसदले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका छन् । नवनियुक्त प्रधानमन्त्री प्रचण्डले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ ।

एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी सरकारमै सहभागी भएका छन् । हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधामन्त्री बन्नुभएको छ । एमाले उपाध्यक्षसमेत रहेका पौडेलले अर्थमन्त्रालय र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृहमन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

मन्त्री बन्नेहरूमा एमालेबाट दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्र राई रहेका छन् । त्यस्तै जनमत पार्टीका उपाध्यक्षसमेत रहेका अब्दुल खानले पनि मन्त्रीको शपथ लिनुभएको छ । नवनियुक्त मन्त्रीहरूको कार्यभारपछि तोकिनेछ । जनमत पार्टी अध्यक्ष सीके राउतको नेतृत्वमै सरकारमा जाने चर्चा भए पनि उहाँले कुनै पनि मन्त्रालयको जिम्मेवारी नलिने बताउनुभएको छ ।

त्यस्तै, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले वर्तमान सरकारलाई समर्थन गरे पनि तत्काल सरकारमा नजाने जनाएका छन् । कुन पार्टीले कुन–कुन मन्त्रालय लिने भन्ने विषयमा विस्तृतमा छलफल नभइसकेको नेताहरुले बताएका छन् । त्यहीकारण तीन उपप्रधानमन्त्रीबाहेक शपथ लिएका बाँकी मन्त्रीहरूको कार्यविभाजन पनि तोकिएको छैन ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच राप्रपा, जसपा र नागरिक उन्मुक्ति पार्टीको सहभागिताको विषय अन्तिम टुङ्गो लागेपछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी शक्ति बाँडफाँट गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com