काठमाडौं, ११ पुस । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुष्पलाल स्मृति पार्कमा नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै प्रधानमन्त्री दाहाल लैनचौरमा रहेको शहीद स्मृति स्मारकमा पुगेर श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
त्यसअगत्तै प्रधानमन्त्री प्रचण्ड कीर्तिपुर पुग्नुभएको हो ।नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृतिमा पार्क निर्माण गरिएको छ । पार्कभित्र उहाँको सालिकमा प्रधानमन्त्रीले माल्यार्पण गर्नुभयो ।यस्तै प्रधानमन्त्री दाहालले नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा रहेको शहीद तथा बेपत्ता स्मृति स्तम्भमा माल्यार्पण गर्नुभएको छ । माओवादीले जनयुद्ध तथा जनआन्दोलनका क्रममा शहादत प्राप्त गरेका एवम् बेपत्ता भएका योद्धाको स्मृतिमा स्तम्भ निर्माण गरेको छ ।









प्रतिक्रिया दिनुहोस्