काठमाडौ, ११ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का अध्यक्ष रवि लामिछानेले उपप्रधानसहित गृहमन्त्रीमा आफ्नो दाबी रहेको बताउनुभएको छ । सङ्घीय संसद् भवनमा आज सोमवार भएको सत्ता गठबन्धनका नेताहरूको बैठकपछि पत्रकारसँग कुरा गर्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो । उहाँले अहिले मन्त्रालय तथा मन्त्रीको सङ्ख्याको टुङ्गो लागिनसकेको तर आफ्नो दाबी उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा रहेको बताउनुभयो ।








प्रतिक्रिया दिनुहोस्