ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय वन पुरस्कार मिलिजुली कबुलियती वन पाल्पालाई प्रदान


admin

काठमाडौँ, ३० असार । वन विभागले यस वर्षको कबुलियती वन राष्ट्रिय पुरस्कार मिलिजुली कबुलियती वन पाल्पालाई प्रदान गरेको छ ।

विभागले हरेक वर्ष दिँदै आएको रु एक लाख राशिको पुरस्कार आज उक्त वनलाई प्रदान गरेको हो ।

विभागले उत्कृष्ट सामुदायिक वन राष्ट्रिय पुरस्कार नुवाकोटको छापगैरा सामुदायिक वनलाई दिएको छ । उक्त पुरस्कारको राशि नगद रु एक लाख रहेको छ ।

यस्तै, द्वितीय पुरस्कार हरियाली सामुदायिक वन कपिलवस्तुलाई रु ७५ हजार तथा तृतीय पुरस्कार निउरेनी चिसापानी सामुदायिक वन मकवानपुर र वनपाले सामुदायिक वन कास्कीलाई रु २५÷२५ हजार दिएको छ ।

विभागले निजी वन राष्ट्रिय पुरस्कार माइजोगमाई गाउँपालिका निवासी कुशुम दाहाललाई प्रदान गरेको छ । दाहाललाई रु ७५ हजार प्रदान गरेको हो ।

यसैगरी सामुदायिक वन पत्रकारिता पुरस्कार नागरिक दैनिकका पत्रकार शेरबहादुर केसी र कारोबार दैनिक पत्रिका पत्रकार प्रगति ढकाललाई प्रदान गरेको छ । उक्त पुरस्कारको राशि रु २५ हजार रहेको छ ।

ती पुरस्कार प्रदान गर्दै राष्ट्रिय योजना आयोगका सदस्य डा प्रभु बुढाथोकीले सामुदायिक वनले पनि वन क्षेत्रको स्रोत व्यवस्थापनका लागि लोकतान्त्रिकरण गरेको बताउनुभयो ।

उहाँले समुदायले सामुदायिक वनको संरक्षण, व्यवस्थापन र प्रतिफल लिने अधिकार प्राप्त गरेको स्पष्ट पार्नुभयो ।

वन तथा भूसंरक्षण मन्त्रालयका सचिव प्रकाश माथेमाले वन क्षेत्रको विकास र विस्तारका लागि मन्त्रालय गम्भीर रहेको बताउँदै आवश्यक नीति र नियम बनाउने कुरामा मन्त्रालयले सकारात्मक भूमिका खेल्ने बताउनुभयो ।

वन विभागका महानिर्देशक कृष्णप्रसाद पौडेलले वन क्षेत्र मानिसको आधारभूत आवश्यकताको क्षेत्र भएकाले यसलाई स्थानीय तहमा कसरी लैजाने भन्नेबारेमा विभागले छलफल सुरु गरेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com