ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारका लागी प्रचण्डको ‘दोमन’ र कांग्रेसको ‘बेइमान’ ट्रेडमार्क (भिडियोसहित)


एबीसी / संवाददाता
पुस १०, २०७९ आईतबार  ९ : ३७ बजे

काठमाडौं, १० पुस । सांसदहरूको शपथ भएसँगै दलहरूले नयाँ सरकार गठनको तयारी औपचारिक रूपमा सुरुवात भएपनि शानिबर साँझसम्म निश्कर्षमा पुगेको छैन । सहरमा एकथरिले मानिसले नेपाली कांग्रसले जसरीपनि सत्ताका सवै पद कांग्रेसले नै राख्नु पर्दछ भनिरहेका छन् भने सत्तारुढ गठबन्धनमा प्रचण्ड र उनको दल भएकोमा चित्त दुखाउनेहरु मिडियाजगतमा पनि प्रशस्तै छन् । तिनै मध्येका अभियन्ताले गठबन्धन सरकार नेपाली काँग्रेस र एमाले मिलेर बनाउनु पर्दछ भन्दै पैरवी गरिरहेका छन् । नेपाली काँग्रेसको वास्तविक ट्रेडमार्क बेइमान सावित भइसकेको छ । यथार्थ यो हो कि, कांग्रेसबाट इमान्दारिताको आशा गर्नु नै प्रचण्डको मुर्खता हो ।

पछिल्लो समय प्रचण्ड अस्थिर र दोमन ट्रेड मार्कका मानिस भन्दै उछितो काढ्ने अभियान शुरु भएको छ । प्रचण्डको ‘दोमन’ ट्रेडमार्क मान्ने हो भने देउवाको अर्थात् नेकाको ‘बेइमान’ ट्रेडमार्क मान्नु पर्दछ । अघिल्लो निर्वाचनमा विलीन कांग्रेसलाई वम्पर उपहारका रुपमा प्रधानमन्त्री र सत्तासिन बनाउने पात्र थिए प्रचण्ड र माधव नेपाल । अन्यथा आज नेपाली कांग्रेस राप्रपाको हैसियतमा मरिच खुम्चिंदा झैं खुम्चिने निश्चित थियो । गत स्थानीय निर्वाचन र प्रदेश तथा संघीय निर्वाचनमा देशभर गठबन्धनको पक्षमा माओवादीका मतदाताले मतदान गरे, तर कांग्रेसले देशैभर घण्टीलाई मतदान गर्न र माओवादीलाई पराजित गराउन निर्देशन नै जारी गर्यो । भलै त्यसको मार नेकाले पनि व्योहर्न परिरहेको छ । त्यतिबेलामा पनि माओवादीका अघि विकल्प नभएको होइन । माओवादीले चाहेको भए नेकाका उमेद्वारको सट्टा स्थानीय रुपमा एमालेका उमेद्वारलाई मतदान गर्ने र आफ्नो पनि जित निकाल्ने गर्न सक्दथे । तर दोमनमा रहेको भनिएको माओवादीले एकमननै बनायो । तर उदार लोकतान्त्रिक भनिने नेकाले देशैभर घण्टी र जुम्लामा त ह्विप नै जारी गरेर राप्रपाका उमेद्वारलाई मतदान गरे । अझैपनि, पार्टीको निर्णय र निर्वाचनमा ठुलो दल भएका कारण पनि प्रधानमन्त्री तथा राष्ट्रपतिमा काँग्रेसको दाबी स्वाभाविक भएको र सरकार गठन काँग्रेसले गर्नुपर्ने बताउँदै आएका छन ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड २०७४ सालदेखिनै वेइमान ट्रेडमार्कका खालमा परेका छन् । वेइमानहरुको खालबाट उनी निस्कन त खोज्छन् । तर जता फर्केपनि बेइमानहरुकै अखडा छ । त्यसकारण उनी दोमनमा उभिन पुग्छन् । एउटा रोचक सन्दर्भ के छ भने २०७५ साल जेठ ३ गते पार्टी एकता भयो । त्यसको तीन महिना पुग्दा नपुग्दै भदौमा माधव नेपालले नोट अफ डिसेन्ट लेखेर नेकपा विभाजनको योजनावद्ध शुरुवात गरेका थिए । त्यो दोहोरो बेइमानी प्रचण्डले पत्तै पाएनन् । अन्तत त्यसले नै नेपालको वाम आन्दोलन क्षयीकरणको दिशामा गइरहेको छ । अब दुई वाम दलका बीचको तितोपनको च्याप्टर क्लोज भएको छ । खुरुक्क प्रचण्डकै भाषाको अर्को वेइमान दल एमालेसंग तालमेल गरेर पुन वाम एकताको बाटोमा फर्कनुको कुनै विकल्प नै छैन । प्रचण्ड किन चुनावमा गठबन्धन गरियो, कांग्रेसीले वदमासी गरे तरपनि सत्ता सहकार्यमा किन तलमाथि गर्ने भन्दैछन् । यसो गर्दा उनी स्वयं वद्नाम हुंदैछन् । यसैबखत यता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको फेरी प्रधानमन्त्री हुने चाहना पूरा नहुने बताउँछदै छन । एउटा विडम्वना के छ भने नेपालमा वामपन्थी बाहेक जोसुकैले जे गर्न पनि छुट छ । तर वामपन्थीबाट थोरै गल्ती भयो भने तिलको पहाड बनिहाल्छ । यो अस्वाभाविक पनि होइन । पावर शेयरिङमा पनि कांग्रेसले ठूलो दल भएकाले राष्ट्रपति र प्रधानमन्त्री पाउनु पर्ने वालहठ त छोडेको छैन । तर हिजो देउवा प्रधानमन्त्री बन्ने बेला र चुनावी गठबन्धन गर्ने बेला प्रचण्डलाई सत्ता हस्तान्तरण गर्ने बचन दिएको देउवा र आरजु राणाले विर्से जस्तो छ ।

त्यही कारण माओवादीले भने कुनै पनि हालतमा प्रधानमन्त्री नछाड्ने बताइरहेको छ ।अब प्रचण्डले नै दोमनको अवस्थालाई सदाका लागि अन्त गर्न निर्णय गर्नु पर्ने बेला आएको छ । ओलीसंगको रिसले नेपाली समाजको वामपन्थी रुपान्तरण गर्ने अभियानलाई अवरुद्ध गर्न मिल्दैन । वाम तालमेलमा तलमाथि जता परेपनि कहां पोख्यो उही दुनोमा हो । तर स्थानीय देखि संघीय निर्वाचनसम्म माओवादीको भोट कांग्रेसलाई घोप्टाएर गम्भीर गल्ती त भएकै छ । त्यसलाई सुधार्ने भनेकै पुनः वाम एकताको बाटोमा जाने नै हो । संसदमा उदाएका नयां दलहरु घण्टी, नागरिक उन्मुक्ति, र सिके राउतको चाहना पनि वाम एकता भएदेखि सत्ता सहकार्यमा सहज हुने थियो भन्ने स्पष्टै गरेका छन् । उपेन्द्र यादव त पहिले देखिनै वाम गठबन्धन होस् भन्नेमा नै छन् । त्यो हुन सकेमा केन्द्रको सत्ता देखि ७ वटै प्रदेश सरकार वाम गठबन्धनको वन्ने प्रष्टै छ । त्यो बेला यतातिर प्रचण्डका बारेमा दोमनको गित जति गाएपनि केही फरक पर्दैन । यही ५ वर्षे कार्यकालमा प्रचण्ड र ओलीको सत्ता सुखको चाह पूरा भएपछि एकीकृत वाम आन्दोलनमा नयांपनको ढोका खुल्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

अमेरिकी एफ–३५ लडाकु विमानको आपतकालीन अवतरण, चालकको अवस्था स्थीर

आज पश्चिम र भोलि पूर्वी क्षेत्रमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सचेत रहन सरकारको आग्रह

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com