ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अबको संसद कता जाँदै छ ? (भिडियोसहित)


एबीसी / संवाददाता
पुस ८, २०७९ शुक्रबार  ११ : ३९ बजे

काठमाडौ, ८ पुस । प्रतिनिधि सभाका २७४ जना सांसदले बिहीवार शपथग्रहण गरेका छन् । प्रतिनिधि सभाका सबै सदस्यहरुले संसदका ज्येष्ठ सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराबाट शपथग्रहण गरेका हुन् । ज्येष्ठ सदस्य जबराले भने बुधवार राष्ट्रपतिबाट शपथ लिए । प्रतिनिधि सभामा प्रत्यक्ष १६५ र समानुपातिकबाट ११० गरी २७५ जना सांसद रहेका छन् । यसपालिको सम्पन्न निर्वाचन परिणामबाट बन्ने सरकारले मुलुकको वृहत्तर हितमा कसरी काम गर्छ भन्ने चासोको विषय बनेको छ ।

नव निर्वाचित सांसदहरुले संविधानमा सांसदका रूपमा कामकारबाही गर्नुभन्दा पहिले शपथ लिनुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार प्रतिनिधि सभामा प्रत्यक्ष १ सय ६५ र समानुपातिकबाट १ सय १० गरी २ सय ७५ जना सांसदले सपथ ग्रहण गरेका छन् । यतिबला आमजनमानसमा यसपालिको निर्वाचन परिणामले के कस्तो परिवर्तन ल्याउला वा अबको संसद कुन दिशातर्फ जाला भन्ने विषयले खुलदुली जगाएको छ । सपथग्रहणपछि विभिन्न दलका सांसदहरुले संसदमा अबको भुमिका कस्तो रहन्छ भन्ने विषयमा आआफ्ना धारणा राखेका छन् । नेपाली काँग्रेसका महामन्त्री एवं नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले आजबाट आफ्नो राजनीतिक जन्म भएको बताएका छन् ।

उनले पहिलोपटक सांसदको शपथ लिँदा आफूले जनताका विषयहरुलाई गम्भीरताका साथ लिएको बताउदै उनले जन्मदिनकै सेरोफेरोमा राजनीतिक कार्यहरु अहिले धेरै भइरहेको भन्दै यी कार्यहरुलाई आफूले राजनीतिक जन्मको शुरुवातको रुपमा लिएको धारणा राखे । यस्तै अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले आगामी सरकारको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहालले गर्ने बताएका छन् । उनले प्रधानमन्त्री अध्यक्ष दाहाललाई बनाउने विषयमा भने गठबन्धनमा छलफल हुन बाँकी रहेको बताउदै राष्ट्रपति राजनीतिक व्यक्ति हुने उल्लेख गर्दै बाहिर आएको चर्चाले अर्थ नराख्ने उल्लेख गरेका छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनाए मुलुकमा स्थिरता कायम हुने बताए । उनले अहिलेको गठबन्धनले बनाएपनि आफू प्रतिपक्षमा बसेर जनताका कामहरु गर्न तयार रहेको बताए । सरकार निर्माण र मन्त्रीका लागि मात्रै अकारण आफू सरकारमा नजाने बताउँदै उनले अबको सरकार हिजोको सरकार जस्तो बन्नु नहुने भन्दै जनमुखी काम गर्ने सरकारको आवश्यक्ता रहेको बताए । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राष्ट्रहीतको मुद्दालाई पहिलो प्राथमिकता दिएर काम गर्ने बताएकीछिन् । उनले एउटा सांसद मात्रै नभएर राष्ट्रिय स्वतन्त्र पार्टी नै राष्ट्र हीतको मुद्दामा एक भएर राष्ट्रलाई अगाडि बढाउने विषयमा निरन्तर सक्रिय रहने बताइन् ।

यता अबको संसद थप अस्थिर बन्दै जाने आँकलन राजनितिक विश्लेषकहरुले गरिरहेकोे अवस्थामा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राजनितिक दल तथा नेतृत्वहरुलाई मिलेर अघि बढ्न सुझाव दिएका छन् । उनले जनताले आशा राखेको यस निर्वाचनबाट निर्वाचित सांसदहरुले उपलब्धीमुलक काम नगरे यो संविधान अन्तर्गतको अन्तिम चुनाव नै हुन सक्ने चेतावनीसमेत दिएका छन् ।अबको संसद कस्तो बन्ला भन्ने सकारात्मक र नकारात्मक दुबै विश्लेषण र अनुमान गर्न थालिएको छ ।

मन्त्रिपरिषद्को कस्तो बनोट, कस्तो प्रधानमन्त्री, को राष्ट्रपति आदि पद बाँडफाँडमा निर्भर हुनेछ । साथै साझा कार्यक्रम कस्तो आउँला भन्ने विषयले पनि चर्चा पाएको छ । नेपालको जनमत राजनीतिक परिस्थिति माथि विचार गर्दा नेपालमा कांग्रेस र कम्युनिष्ट नामधारी शक्तिको वर्चश्व तत्काल छुट्न नसक्ने भन्नेहरु पनि छन् । नेताहरुले लोकगणतन्त्रलाई समाल्न नसक्दा नै संघीयता, धर्म निरपेक्षता र लोकगणतन्त्रमाथि नै प्रहार भइरहेको छ । राष्ट्रको बाञ्छित सुधार गर्नेतर्फ लाग्नलाई सबै दलहरु एकजुट हुन जरुरी छ । कुर्सी र पदका लागि झगडा नगरी जनमत अनुसारको जो जहाँ छ त्यहीं बसिदिने हो भने देशका समस्या समाधान हुन समय लाग्दैन । जनताले सबैको हैसियत तोकिदएकै छन् । त्यसैले जबसम्म संसद संसद जस्तो बन्दैन, सांसद सांसद जस्ता बन्दैनन् तबसम्म यो देश बन्दैन । अबको पाँच वर्ष कस्तो होला भन्नेबारे सबैले सोचेर अगाडी बढ्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

सम्बन्धित

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

‘सुदृढीकरणको’ वृहत् रणनीति

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

राप्रपा वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ: सार्वजनिक खरिद प्रणाली ‘ह्याक’ गरेको आरोप

आफ्नै कम्पनी ‘स्पेसएक्स’ लाई एलन मस्कले कसरी ‘खुत्रुके’ बनाए? यस्तो छ अर्बपतिको भित्री खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com