ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शोभराजलाई पुनः नेपाल आउन नपाउने गरी पठाउने तयारी, शोभराजको भने केही समय नेपालमै बस्ने इच्छा


एबीसी / संवाददाता
पुस ८, २०७९ शुक्रबार  ७ : ५९ बजे

काठमाडौं, ८ पुस । सर्वोच्च अदालतको आदेशपछि रिहा भएका ‘सिरियल किलर’ चार्ल्स शोभराजलाई पुनः नेपाल आउन नपाउने गरी उनकै देश फ्रान्स पठाउने तयारी गरिएको छ । अध्यागमन विभागकी निमित्त महानिर्देशक प्रदर्शनी कुमारीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः नेपाल आउन नपाउने गरी शोभराजलाई फ्रान्स पठाउने तयारी भइरहेको बताइन् ।

अध्यागमन विभागका अधिकारीहरुले त्यसको तयारी अघि बढाइएको बताएका छन् । स्रोतका अनुसार नेपाल आउन नपाउने गरी शोभराजलाई फ्रान्स फर्काउनेबारे अध्यागमनका अधिकारीहरुले गृह मन्त्रालयका उच्च अधिकारीहरुसँग परामर्श पनि गरेका थिए । गृहका अधिकारीहरुले कानुनमा भएको व्यवस्था अनुसार गर्न परामर्श दिएका थिए । सोही आधारमा शोभराजलाई पुनः नेपाल आउन नपाउने गरी स्वदेश फर्काउने तयारी अध्यागमन विभागले गरेको हो ।

केन्द्रीय कारागारमा रहेका उनलाई आज कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाउने तयारी छ । सर्वोच्च अदालतले शोभराजलाई रिहा गर्न र १५ दिनभित्र स्वदेश फर्काउन बुधबार आदेश दिएको थियो । उनलाई केन्द्रीय कारागारबाट बिहीबारै अध्यागमन विभागको जिम्मा लगाउने तयारी थियो । तर उनी रिहा हुन मानेनन् र बिहीबार केन्द्रीय कारागारमै बसे । शोभराजलाई कानुनी सहयोग गरिरहेका अधिवक्ता गोपाल शिवाकोटी चिन्तनका अनुसार उनलाई शुक्रबार आज अध्यागमन विभागमा लगिंदैछ ।

जेलरले अध्यागमनको जिम्मा लगाएपछि उनको पासपोर्ट नवीकरण भए÷नभएको हेरिने र भिसा प्रक्रिया अघि बढाएर स्वदेश फर्काउने निमित्त महानिर्देशक कुमारीले बताइन् । शोभराजले भने केही समय नेपालमै बस्ने इच्छा व्यक्त गरेका छन् । फ्रान्सबाट आएका आफन्तहरुसँग होटल हायातमा बस्ने र मुटुको उपचार गराउने भन्दै उनले त्यसको प्रबन्ध मिलाइदिन नेपाल सरकारसमक्ष अनुरोध गरेको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

सम्बन्धित

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

‘सुदृढीकरणको’ वृहत् रणनीति

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

राप्रपा वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ: सार्वजनिक खरिद प्रणाली ‘ह्याक’ गरेको आरोप

आफ्नै कम्पनी ‘स्पेसएक्स’ लाई एलन मस्कले कसरी ‘खुत्रुके’ बनाए? यस्तो छ अर्बपतिको भित्री खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com