ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनी प्रदेशसभामा भेटिदैछन् दाजुभाई, सम्धीसम्धिनी र नन्दभाउजु


एबीसी / संवाददाता

बुटवल, २ पुस । लुम्बिनी प्रदेशसभामा यसपटक एकै परिवारका सदस्यहरूले सांसदका रुपमा भेट गर्ने छन् । एउटै राजनीतिक दलबाट प्रत्यक्षबाट निर्वाचित दुई दाजुभाई, प्रत्यक्ष र समानुपातिकबाट सम्धीसम्धिनी र फरक फरक दलको समानुपातिक कोटाबाट सांसद बनेका नन्द भाउजु प्रदेशसभामा सँगै देखिन लागेका हुन् ।

प्रदेशसभा सदस्यमा एमालेबाट प्रत्यक्षमा निर्वाचित भोजप्रसाद श्रेष्ठ र राजुप्रसाद श्रेष्ठ एकै घरका दुई दाजुभाइ हुन् । पूर्वी पाल्पाको रामपुर नगरपालिकाका भोजप्रसाद र राजुप्रसाद एमाले पार्टीमा लामाे समयदेखि आबद्ध थिए ।

भोजप्रसाद लामो समयदेखि बुटवलमा आई राजनीतिमा सक्रिय बनिरहँदा राजुप्रसादले भने पाल्पाबाटै सक्रिय राजनीतिमा थिए । श्रेष्ठ दाजुभाई एकै पटक लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

भोजप्रसाद रुपन्देही २ (ख) बाट निर्वाचित हुँदा भाई राजुप्रसाद पाल्पा १ (क) बाट निर्वाचित भएका हुन् । ०५४ सालमा तत्कालिन बुटवल नगरपालिकाको मेयरमा निर्वाचित भएका भोजप्रसाद यसअघि ०७४ सालमा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । उनी शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा स्वास्थ्यमन्त्री बनेका थिए । भाई राजुप्रसादको भने पहिलो संसदीय यात्रा हो ।

एमालेबाटै प्रत्यक्ष निर्वाचित भूमिश्वर ढकाल र समानुपातिकबाट प्रदेशसभा सदस्य बनेकी बसन्ती न्यौपाने सम्धी सम्धिनी हुन् । ढकालकी छोरी र न्यौपानेका छोरा अघिल्लो वर्ष वैवाहिक सम्बन्धमा बाँधिएका थिए । उनीहरू पनि अहिले सँगसँगै प्रदेशसभा सदस्य बन्ने मौका पाएका छन् ।

ढकाल रूपन्देही ५ (क) बाट प्रत्यक्षमा निर्वाचित हुँदा न्यौपानेलाई भने एमालेले बाँकेबाट समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य बनाएको हो । यसअघि ०७४ सालमा पनि प्रदेशसभा सदस्यमा निर्वाचित भएका ढकालले एमालेबाट प्रदेश सभामा प्रमुख सचेतक रहेर जिम्मेवारी निर्वाह गरेका थिए ।

न्यौपानेको भने संसदीय यात्रा पहिलो हो । बाँकेमा रही अखिल नेपाल महिला संघ हुँदै एमालेको राजनीतिलाई अगाडि बढाएकी न्यौपाने यसअघि नै स्थानीय तह र प्रदेशमा समेत उम्मेदवारको दाबी गर्दै आएकी थिइन् । यसपटक भने ढकालले गरेको लबिङ र जोडबलका कारण न्यौपानेलाई समानुपातिकबाट सांसद बन्न सहज बनेको एमालेका एक नेताले बताए ।

‘पार्टीमा गरेको योगदान र उनीमा भएको क्षमताको बारेमा प्रश्न गर्ने ठाउँ छैन तर नेताहरूका परिवार, आफन्त र नातागोताले मात्रै अवसर पाउँदा आफ्ना कोही नभई राजनीति मात्र गरेकाहरू सधैँ अवसरबाट बञ्चित हुने गरेका छन्,’ ती नेताले भने ।

लुम्बिनी प्रदेशसभामा समानुपातिक कोटाबाट सांसद बनेका भगवती घिमिरे र जानकी न्यौपाने नातामा नन्दभाउजू हुन् । न्यौपाने नन्द हुन् भने घिमिरे भाउजू हुन् । लामो समय एउटै संगठन र पार्टीमा काम गरी अनेमसंघको जिल्ला र केन्द्रीय नेतृत्वमा समेत पुगेका न्यौपाने र घिमिरे प्रदेशसभा सदस्यमा भने दुई फरक राजनीतिक दलबाट सिफारिस भएका हुन् ।

न्यौपानेलाई एमालेले प्रदेशसभा सदस्य बनाउँदा घिमिरेलाई एकीकृत समाजवादीले प्रदेशसभा सदस्य बनाएको हो । घिमिरेले एमाले विभाजनपछि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी रोजेकी थिइन् ।

एकीकृत समाजवादी पार्टीमा केन्द्रीय सदस्य रहेकी घिमिरे प्रदेशसभामा सो पार्टीकी एक मात्र सांसद हुन् । एकीकृत समाजवादीले लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फ सत्ता गठबन्धनबाट एउटा पनि सिट पाएको थिएन । समानुपातिकबाट पाएको एकमात्र सिटमा घिमिरेलाई पठाएको हो ।

यस्तै, एमालेबाट सिफारिसमा परेकी न्यौपाने निवर्तमान प्रदेशसभा सदस्य  डा. कृष्ण न्यौपानेकी पत्नी हुन् । अनेमसंघकी केन्द्रीय सदस्य रहेकी जानकीलाई समानुपातिकमा सुरक्षित गरेर कृष्णले अहिले पनि प्रत्यक्षमा निर्वाचन लड्न पहल गरेका थिए । तर, राप्रपासँगको तालमेलमा रूपन्देही १ (क) राप्रपाका आशिष चौधरीलाई छोड्दा पछि श्रीमतीको समानुपातिक सिट सुनिश्चित गरिदिएका थिए ।

१२ वटा जिल्ला रहेको लुम्बिनी प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी ८७ जना सांसद छन् । प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ जना सांसद रहेको लुम्बिनी प्रदेश सभा यसपटक भने दाजु–भाई, नन्द–भाउजु र सम्धी–सम्धिनीको जम्काभेट हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com