ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘लक्ष्य प्राप्तिभन्दा सत्ता केन्द्रीत राजनीति भयो’


एबीसी / संवाददाता
मंसिर २१, २०७९ बुधबार  २ : ०४ बजे

काठमाडौं, २१ मंसिर । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने भनिएपनि देशका विभिन्न जिल्ला र क्षेत्रहरुमा मतदानमा अवरोध उत्पन्न भएको थियो । दोलखा जिल्लाका केही स्थानमा पुनः मतदान भए । विभिन्न कोणबाट निर्वाचनको समिक्षात्मक विश्लेषण भइरहदा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल,  पूर्व प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र नेपाल बार एशोशियसनका पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठसँग एबीसीकर्मी ध्रुव अधिकारीले गरेको संवादमा आधारित आलेख :

सत्ता केन्द्रीत राजनीति : श्रेष्ठ

नेपाल बार एशोशियसनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ यसअघि वि.सं. २०७४ को निर्वाचनमा कमसेकम वैचारिकरुपमा अगाडि बढ्नुपर्छ भन्ने मान्यतामा दलहरु रहेको तर, यस वर्ष यो कुरा गौण रहेको बताउँछन् । लक्ष्य प्राप्तिका लागि राज्य सञ्चालन हुनेभन्दा पनि सत्ता केन्द्रीत राजनीति भएको उनको भनाइ छ ।

श्रेष्ठ भन्छन्, “कुन लक्ष्य प्रािप्तका लागि राज्य सञ्चालन हुनेभन्दा पनि कसले सत्तामा रहने भन्ने कुरामा जोड रह्यो । संविधान आफूहरुले बनाएको गणतान्त्रिक संघीय संविधान हो ।” उनले एकातिर दलहरुले निर्माण गरेको गणतान्त्रिक संघीय संविधान बचाउनुपर्छ भन्ने र अर्कोतर्फ, आफ्नै हिसाबले अघि बढ्नुपर्छ भन्ने दुइ थरीबीचको चुनाव भएको बताए ।

यसअघिको चुनावमा जनताले जुन आकांक्षा राखेको हो त्यो गएको पाँच वर्षमा दलहरुले उपलब्धिमुलक काम गर्न नसकेको उनले बताए ।

“चुनावमा दलहरुप्रति सतर्कता अप्नाउने किसिमले तिमीहरु होस् गर π भन्ने किसिमले मतदान भएको पाइयो । संविधानको मर्म र भावना अनुसार पार्टीहरुले जुन सोचे अनुसार समानुपातिक, समावेशीता सहभागीतालाई अनुसरण गर्न सकेन । यो आवश्यक छैन, यो हुनुहुदैन, यसले स्थायी सरकार बन्दैन भन्ने मनस्थिती बन्दै गएको देखिन्छ”, उनले भने ।

यो समानुपातिक सिद्धान्तलाई छोड्न नहुने र सरकार बन्न जुन समस्या देखिएको छ, यस सम्बन्धमा पुर्नविचार गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

सापेक्षित तुलना गर्नुपर्छ : यादव

पूर्वप्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव संविधानमा व्यवस्था भए बमोजिम यो दोस्रो पटक लोकतान्त्रिक निर्वाचनको अभ्यास भएको बताउँछन् । वि.सं. २०७४ पछि स्थानीय तहको वैशाखमा र मंसिरमा भएको संघीय निर्वाचनमा अपेक्षित सुधारहरु भने रहेको उनको भनाइ छ ।

“यो संविधानको आधारमा दोस्रो पटकको लोकतान्त्रिक निर्वाचनको अभ्यास हो । नेपाली जनताले अपेक्षा गरे अनुसार गर्नुपर्ने आवश्यकता अझै छ । यसपालीको निर्वाचनमा हामीले अपेक्षा गरे अनुसारको सुधार गर्नुपर्ने कुरा धेरै देखिएको छ”, उनले भने ।

लोकतन्त्रमा नयाँ दलहरुले गर्दा मत बाँडिनु स्वभाविक रहने बताउदै यादवले विगत र अहिलेको निर्वाचनलाई सापेक्षितरुपमा तुलना गर्नुपर्ने बताए ।

“निर्वाचनलाई तुलना गर्दाखेरी सापेक्षितरुपमा गर्नुपर्छ, निरपेक्षरुपमा होइन । यो वितरणलाई कसरी लिनुपर्छ, यसलाई पुर्नविचार गर्नुपर्ने आवश्यकता भइसकेको छ”, उनले भने ।

प्रजातन्त्रमा प्रौढता आएको आभाष : पोखरेल

यस्तै, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले समग्र निर्वाचनको शब्दमा समिक्षा गर्दै प्रजातािन्त्रक अभ्यासमा प्रौढता आएको भान भएको बताए । उनले प्रजातान्त्रिक अभ्यासको बाटो, खुड्किलो चढ्दै गर्दा निर्वाचनको व्यवस्थापन, सुरक्षा लगायतका पक्ष राम्रो हिसाबले अघि बढेको बताए ।

उनले भने, “राजनीतिक दलले संयमता देखाएको छ । हाम्रो प्रौढता आउदै गरेको हो कि भन्ने भान हुन्छ । निर्वाचनको परिणाम जसरी आउदैछ, कुनै पनि दलको बहुमत अब कस्ता किसिमका गठबन्धन बन्छन्, जति ठूलो दलहरुले धेरै सिट जित्यो, त्यसले त्यति नै पाउने प्रष्ट छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

सम्बन्धित

एमालेको अडानः ‘संसद पुनःस्थापना वा निर्वाचन, अदालतले ढिलो नगरोस्’

काठमाण्डौबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएको विमान कोलकातामा अवतरण

बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

चुनावको संघारमा प्रलोपामा भाँडभैलो, नेतृत्व तितरबितर हुँदा कार्यकर्ता अलमलमा

माघ २५ देखि पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप लगाइने

चुनीखेल नयाँबस्ती आगलागीः २४ परिवार विस्थापित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com