ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

७ प्रदेश : कुन दलले कति सिट जिते ? (सूचीसहित)


एबीसी / संवाददाता
मंसिर १६, २०७९ शुक्रबार   ११ : २२   बजे

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत मतगणना अन्तिम चरणमा पुर्याएको छ । प्रतिनिधिसभा तर्फका १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १६२ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भइसकेको छ । सोही अनुसार प्रदेशसभा र समानुपातिक निर्वाचन प्रणाली तर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ ।

हालसम्म प्राप्त नतिजाका आधारमा प्रदेशमा प्रत्यक्ष तथा समानुपातिक तर्फ राजनीतिक दलहरुले आर्जन गरेको सिट यसप्रकार छ–

प्रदेश नम्बर १

प्रदेश नम्बर १ मा कुल ९३ सदस्यीय प्रदेशसभा छ, जसमा ५६ सदस्य प्रत्यक्ष निर्वाचित हुन्छन् भने समानुपातिकबाट ३७ सदस्य निर्वाचित हुने व्यवस्था छ ।

प्रदेश नम्बर १ मा समानुपातिकतर्फ १८ लाख १३ हजार २६५ मत गणना भएको छ । जस अनुसार समानुपातिकतर्फ यो प्रदेशमा ठूलो दल बन्दै एमालेले मोटामोटी १४ सिट ल्याउने देखिएको छ । प्रत्यक्षमा एमालेले २५ सिट ल्याएको छ । एमाले प्रत्यक्ष र समानुपातिक गरी ३९ सिट हाराहारी सहित पहिलो पार्टी बनेको छ ।

प्रत्यक्षमा १७ सिट पाएको कांग्रेसले समानुपातिकमा १२ सिट पाउने देखिन्छ । यस आधारमा २९ सिटसहित कांग्रेस दोस्रो दल बन्दैछ । प्रत्यक्षमा ९ सिट पाएको माओवादीले समानुपातिकमा ४ सिट पाई १३ सिटमा सीमित हुँदैछ । प्रत्यक्षमा २ सिट पाएको राप्रपाले समानुपातिकमा ४ सिट पाए उसको जम्मा ६ सिट हुने देखिन्छ । यस्तै, प्रत्यक्षमा एउटा पनि सिट नजितेको जसपाले समानुपातिकमा २ सिट र प्रत्यक्षमा ३ सिट जितेको नेकपा एकीकृत समाजवादीले समानुपातिकमा १ सिट पाउने देखिन्छ ।

मधेस प्रदेश

मधेस प्रदेशमा प्रत्यक्षमा एमाले पहिलो र समानुपातिक मतगणनामा कांग्रेस पहिलो दल बनेको छ । कुल १०७ सदस्यीय मधेस प्रदेशसभामा प्रत्यक्षबाट ६४ सदस्य निर्वाचित हुन्छन् भने समानुपातिकबाट ४३ सदस्य निर्वाचित हुन्छन् ।

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत मधेस प्रदेशमा जम्मा २० लाख ७४ हजार ५६३ मत गणना भएको छ । समानुपातिक तर्फ कांग्रेस पहिलो दल, एमाले दोस्रो र जनमत पार्टी तेस्रो दल बनेको छ ।

प्रत्यक्षतर्फ १५ सिट जितेको एमालेले समानुपातिकमा ९ सिट पाउने देखिन्छ । प्रत्यक्षमा १३ सिट पाएका कांग्रेसले समानुपातिक तर्फ १० सिट पाउने देखिन्छ ।

यस्तै, प्रत्यक्षमा ६ सिट जितेको जनमत पार्टीले समानुपातिकमा ७ सिट, प्रत्यक्षमा ९ सिट जितेको जनता समाजवादी नेपालले समानुपातिकमा ७ सिट पाउने भएको छ । प्रत्यक्षमा ४ सिट जितेको माओवादी केन्द्र समानुपातिकमा पनि ४ सिट पाउने देखिन्छ ।

प्रत्यक्षमा ७ सिट जितेको लोकतान्त्रिक समाजवादी पार्टीले समानुपातिकमा ३ सिट पाउने देखिन्छ । प्रत्यक्षमा कुनै सिट नपाएको राप्रपाले समानुपातिकबाट १ सिट, नेपाल संघीय समाजवादी पार्टीले १ सिट र नागरिक उन्मुक्ति पार्टीले पनि १ सिट पाउने देखिन्छ ।

बागमती प्रदेश

कुल ११० सदस्यीय बागमती प्रदेशसभामा ६६ सदस्य प्रत्यक्ष निर्वाचित हुन्छन् भने ४४ सदस्य समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ । बागमतीमा समानुपातिकतर्फ कुल १८ लाख २९ हजार ८१३ मत गणना भएको छ । यो प्रदेशमा समानुपातिकतर्फ एमाले पहिलो, कांग्रेस दोस्रो, माओवादी केन्द्र तेस्रो दल बनेको छ ।

प्रत्यक्षमा २४ सिट पाएको कांग्रेसले बागमतीमा समानुपातिकबाट १२ सिट पाउने देखिएको छ । यस्तै, प्रत्यक्षमा १२ सिट जितेको एमालेले समानुपातिकमा १४ सिट पाउने देखिन्छ ।

यसैगरी प्रत्यक्षमा १४ सिट जितेको माओवादी केन्द्रले समानुपातिकमा ७ सिट, प्रत्यक्षमा ७ सिट जितेको राप्रपाले समानुपातिकमा पनि ७ सिट पाउने भएको छ । प्रत्यक्षमा १ सिट जितेको नेमकिपाले समानुपातिकमा २ सिट, प्रत्यक्षमा ५ सिट जितेको नेकपा एकीकृत समाजवादीले समानुपातिकमा १ सिट र प्रत्यक्षमा एक सिट जितेको हाम्रो नेपाली पार्टीले समानुपातिकमा पनि १ सिट पाउने अवस्था अहिलेसम्मको मत परिणामले देखाएको छ ।

गण्डकी प्रदेश

कुल ६० सदस्य रहेको गण्डकी प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ३६ सदस्य रहन्छन् भने समानुपातिकबाट २४ सदस्य निर्वाचित हुने व्यवस्था छ । यो प्रदेशमा समानुपातिकतर्फ ९ लाख २३ हजार ३७१ मत गणना भएको छ ।

यो प्रदेशमा समानुपातिकतर्फ एमाले पहिलो दल बनेको छ । प्रत्यक्षतर्फ भने कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले प्रत्यक्षमा १६ सिट जित्दा समानुपातिकमा ७ सिट पाउने देखिएको छ ।

प्रत्यक्षमा १२ सिट जितेको एमालेले समानुपातिकमा ८ सिट पाउने अवस्था छ । प्रत्यक्षमा १ सिट जितेको माओवादी केन्द्रले समानुपातिकमा ३ सिट, समानुपातिकमा राप्रपाले २, हाम्रो नेपाली पार्टीले १, राष्ट्रिय जनमोर्चाले १ र नेकपा एकीकृत समाजवादीले १ सिट पाउने देखिन्छ ।

लुम्बिनी प्रदेश

कुल ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा ५२ सदस्य प्रत्यक्ष निर्वाचित हुन्छन् भने समानुपातिकबाट ३५ सदस्य निर्वाचित हुने व्यवस्था छ ।

हालसम्म समानुपातिकतर्फ लुम्बिनी प्रदेशमा १८ लाख ८७ हजार ७८ मत गणना भएको छ । यस अनुसार प्रदेशसभामा १० पार्टीले समानुपातिक तर्फको सिट पाउन सक्ने अवस्था छ ।

हालसम्म पाएको मतको आधारमा एमालेले समानुपातिकमा १० सिट पाउने देखिन्छ भने प्रत्यक्षमा १८ सिट ल्याएको छ । प्रत्यक्षमा १७ सिट पाएको कांग्रेसले समानुपाकितमा ८ सिट पाउने देखिन्छ । प्रत्यक्षमा ५ सिट जितेको माओवादी केन्द्रले समानुपातिकमा ३ सिट, प्रत्यक्षमा २ सिट जितेको राप्रपाले समानुपातिकमा ३ सिट, प्रत्यक्षमा २ सिट जितेको नागरिक उन्मुक्ति पार्टीले समानुपातिकमा २ सिट पाउने देखिन्छ । यस्तै प्रत्यक्षमा १ सिट जितेको जनमत पार्टीले समानुपातिकमा १ सिट पाउने देखिन्छ । जसपा, नेकपा एकीकृत समाजवादी, लोसपा, राष्ट्रिय जनमोर्चाले एक–एक सिट पाउने अवस्था देखिएको छ ।

कर्णाली प्रदेश

कुल ४० सदस्य रहेको कर्णाली प्रदेशसभामा २४ सदस्य प्रत्यक्ष निर्वाचित हुन्छन् भने १६ सदस्य समानुपातिकबाट निर्वाचित हुन्छन् । यो प्रदेशमा समानुपातिकतर्फ ५ लाख ७७ हजार ८२९ मत गणना भएको छ । यो प्रदेशमा एमाले पहिलो दल, कांग्रेस दोस्रो दल, माओवादी केन्द्र तेस्रो दल बनेको छ ।

प्रत्यक्षमा ५ सिट जितेको एमालेले समानुपातिकतर्फ करिब ५ सिट, प्रत्यक्षमा ९ सिट जितेको कांग्रेसले समानुपातिकमा ४ सिट, प्रत्यक्षमा ९ सिट जितेको माओवादी केन्द्रले समानुपातिकमा ४ सिट र प्रत्यक्षमा नजितेका राप्रपा, एकीकृत समाजवादी, र नेपाल मजदुर किसान पार्टीले समानुपातिकबाट एक–एक सिट पाउने पक्का भएको छ ।

सुदूरपश्चिम प्रदेश

कुल ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा ३२ सदस्य प्रत्यक्ष निर्वाचित हुन्छन् भने समानुपातिकबाट २१ सदस्य निर्वाचित हुने व्यवस्था छ । यो प्रदेशमा समानुपातिक तर्फ ८ लाख ३८ हजार ८९४ मत गणना भएको छ ।

यो प्रदेशमा प्रत्यक्षतर्फ ११ सिट जितेको कांग्रेसले समानुपातिकमा ६ सिट पाउने देखिन्छ । प्रत्यक्षमा ८ सिट जितेको माओवादी केन्द्रले समानुपातिक ३ सिट पाउने देखिन्छ ।

यस्तै, प्रत्यक्षमा ५ सिट जितेको नागरिक उन्मुक्ति पार्टीले समानुपातिक तर्फ ३ सिट, प्रत्यक्षमा ३ सिट जितेको एमालेले समानुपातिक तर्फ ७ सिट, प्रत्यक्षमा २ सिट जितेको एकीकृत समाजवादीले समानुपातिकमा १ सिट पाउने निश्चित देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group