ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परनिर्भरता बढ्दो, आयात झण्डै दोब्बरले बढ्यो


admin
असार ३०, २०७४ शुक्रबार  ४ : ४४ बजे

पथरी, ३० असार । निर्यातजन्य वस्तुको उत्पादन कम हुँदा पूर्वाञ्चलमा परनिर्भरता बढेको छ पछिल्ला तीन वर्षमा निर्यात घट्दो क्रममा छ भने आयात झण्डै दोब्बरले बढेको छ ।

नेपालमा उपलब्ध नहुने औद्योगिक कच्चा पदार्थको तुलना खाद्यान्न र लत्ताकपडा आयात बढी भएको छ । विराटनगरस्थित व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यालय प्रमुख कृष्ण रेग्मीका अनुसार चालु आर्थिक वर्षको छ महिनामा रु ६८ अर्ब ८३ करोड ६८ लाख एक हजार ८१३ बराबरका दुई हजार ९८८ प्रकारका वस्तु आयात भएका छन् । सोही अवधिमा रु १२ अर्ब ८० करोड ४५ लाख ६ हजार ६९५ बराबरको सामान निर्यात भएको छ ।

आयातको तुलनामा निर्यात झण्डै साढे ५ गुणाले कमी हो । गत आव २०७२÷७३ मा रु २६ अर्ब ६७ करोड ५७ लाख ६८ हजार ८७३ का वस्तु तथा सामग्री निर्यात भएको थियो भने गत वर्ष रु एक खर्ब ४९ अर्ब दुई करोड ८३ लाख ५७ हजार ७९ को आयात भएको थियो ।

नेपालबाट औसतमा ३३१ प्रकार सामग्री निर्यात हुने गरेका छन् भने आयात हुने बस्तुको संख्या तीन हजार ६०७ प्रकारका छन् ।

आर्थिक वर्ष ७०÷७१ मा नेपालबाट रु ३७ अर्ब ४९ करोड ३२ लाख ५० हजार ९५७ का वस्तु तथा सामग्री निर्यात भएका थिए । तर २०७१÷७२ मा निर्यात रु चार अर्ब घट्न गएको छ ।

यस्तै गत आवमा रु सात अर्ब निर्यात घटेको छ । लगातार निर्यात ओरालो लाग्दा आयातको मात्रा दोब्बरले बढेको कार्यालय प्रमुख रेग्मीले बताउनुभयो । रेग्मीका अनुसार चालु आवको ६ महिनाकै तुलनामा आयात भए चालु आवमा यस वर्ष रु एक खर्बको ३७ अर्ब ६७ करोडको आयात हुनेछ । गत आवको तुलनामा झण्डै १२ अर्बले आयात घटी हुने देखिए पनि यो विद्युत्भार कटौती कम भएका कारण इन्धनको माग घट्दा आयात घटेको देखिएको हो ।

त्यस्तै तीन वर्षयता मासुजन्य उत्पादन पनि नेपालमा बढेको देखिएको छ । आव २०७१÷७२ मा पूर्वाञ्चलमा ३८ हजार ६७० वटा खसी, बाख्रा भेडा आयात भएकोमा २०७२÷७३ मा ३१ हजार ३९५ वटा मात्र खसी बाख्रा र भेडा आयात भएका छन् ।

आव २०७२÷७३ मा खसी, बाख्रा र भेडाको आयात ११ हजार ७३८ मा कम भएको छ भने चालु आवको ६ महिनामा १२ हजार ६३८ वटा मात्र खसी बाख्रा आयात भएका छन् । भेडाको आयात चालु आवमा शून्यमा झरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रहरीलाई सरकारले दियो १९५ गाडी, चुनावमा अपुग ३ हजार वटा भाडामा लिने तयारी

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

सम्बन्धित

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com